साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता-महिमा

बिर्से आज कुरो मिलेछ कसरी जोडे गलामा गला सत्तामा छ अदृश्य शक्ति बलियो बेग्लै तिलस्मी कला ।

Nepal Telecom ad

आफ्ना माग र भागखातिर निकै आक्रोश पोखे पनि
भन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी ।
नाघी नैतिक मान्यता अझ गिरी गाली गरे, कुर्लिए
सत्तासीन कठोर, क्रुर छ भनी मान्छेहरू उर्लिए ।।

हामी एक भई विरोध नगरे ढल्दैन सत्ता भनी
लागे एक भएर सङ्गठनमा झन् एक ढिक्का बनी ।
थाती नै मनको मुटाव दलमा नेतृत्वमा को हुने
मोर्चामा कसले ठुलो यश लिने, दायित्व कस्तो हुने ।।

हड्डीखातिर लड्दछन् कुकुरझैँ सम्पूर्ण नेता गण
सत्तारूढ हुने भए सब भुली विश्राम गर्छन् रण ।
पैसा, स्वार्थ पदीय लोभ अनि यो सत्ता मिले जे पनि
नेता छोड्न तयार हुन्छ सजिलै स्वार्थी र लोभी बनी ।।

चक्काजाम गरे हिजो सडकमा नारा लगाए लडे
बाले टायर चोकमा सफल होस् यो क्रान्ति भन्दै बढे ।
बिर्से आज कुरो मिलेछ कसरी जोडे गलामा गला
सत्तामा छ अदृश्य शक्ति बलियो बेग्लै तिलस्मी कला ।।

सत्ताभित्र हुने समाहित हिजो विज्ञप्ति छाप्नेहरू
मानूँ भक्त अनन्य आज, पहिले खेद्ने सराप्नेहरू ।
भेट्टाए कमिला भुली सब कुरा रत्तिन्छ मिष्टान्नमा
मान्छे गर्न अभीष्ट पूर्ण सजिलै लाग्छन् यशोगानमा ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x