सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्ता-महिमा

बिर्से आज कुरो मिलेछ कसरी जोडे गलामा गला सत्तामा छ अदृश्य शक्ति बलियो बेग्लै तिलस्मी कला ।

Nepal Telecom ad

आफ्ना माग र भागखातिर निकै आक्रोश पोखे पनि
भन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी ।
नाघी नैतिक मान्यता अझ गिरी गाली गरे, कुर्लिए
सत्तासीन कठोर, क्रुर छ भनी मान्छेहरू उर्लिए ।।

हामी एक भई विरोध नगरे ढल्दैन सत्ता भनी
लागे एक भएर सङ्गठनमा झन् एक ढिक्का बनी ।
थाती नै मनको मुटाव दलमा नेतृत्वमा को हुने
मोर्चामा कसले ठुलो यश लिने, दायित्व कस्तो हुने ।।

हड्डीखातिर लड्दछन् कुकुरझैँ सम्पूर्ण नेता गण
सत्तारूढ हुने भए सब भुली विश्राम गर्छन् रण ।
पैसा, स्वार्थ पदीय लोभ अनि यो सत्ता मिले जे पनि
नेता छोड्न तयार हुन्छ सजिलै स्वार्थी र लोभी बनी ।।

चक्काजाम गरे हिजो सडकमा नारा लगाए लडे
बाले टायर चोकमा सफल होस् यो क्रान्ति भन्दै बढे ।
बिर्से आज कुरो मिलेछ कसरी जोडे गलामा गला
सत्तामा छ अदृश्य शक्ति बलियो बेग्लै तिलस्मी कला ।।

सत्ताभित्र हुने समाहित हिजो विज्ञप्ति छाप्नेहरू
मानूँ भक्त अनन्य आज, पहिले खेद्ने सराप्नेहरू ।
भेट्टाए कमिला भुली सब कुरा रत्तिन्छ मिष्टान्नमा
मान्छे गर्न अभीष्ट पूर्ण सजिलै लाग्छन् यशोगानमा ।।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला