सुलसुलेसञ्जालको वार्षिक साधारण सभा तथा भाषा दिवस
कार्यक्रमको उदघाटन सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले पानसमा बत्ती बालेर गर्नुभयो ।

२०७८ चैत २९ गते मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको चौथो वार्षिक साधारण सभा तथा भाषा दिवस कार्यक्रम त्रिभुवन विश्वविद्यालय घडी भवनको सभाहलमा सञ्जालका आजीवन सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले गर्नुभएको थियो ।
कार्यक्रमको उदघाटन सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले पानसमा बत्ती बालेर गर्नुभयो । अध्यक्ष प्रा.डा. लुइटेलले सञ्जालका उपलब्धि एवं प्रगति विवरण पेस गर्दै भाषा दिवसको औचित्यमाथि प्रकाश पार्नुभयो । उहाँले नेपाली भाषाको मानकीकरणका निम्ति सञ्जालले देशका विभिन्न भागमा र विभिन्न मुलुकमा आफूले मानक नेपाली भाषासम्बन्धी प्रशस्तै कार्यक्रममा प्रशिक्षण तथा कार्यपत्र प्रस्तुत गरी वस्तुस्थिति बोध गराएको बताउनुभयो ।
उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट अमानक वणर्विन्यासमा प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२), त्रिविबाट अमानक नेपाली वणर्विन्यासमा प्रकाशित अनिवार्य नेपाली शिक्षण निर्देशिका खारेज गरिएको, विद्यालय तहका देवनागरी लिपिमा लेखिएका अमानक वणर्विन्यासमा प्रकाशित सम्पूणर् पाठ्यपुस्तक मानक वणर्विन्यासमा प्रकाशन गरिएको लगायतका उपलब्धि सञ्जालले हासिल गरेको बताउनुभयो ।
अध्यक्ष प्रा.डा. लुइटेलले मानक नेपाली भाषाको जगेर्नाका लागि नै अन्तर्राष्ट्रिय सञ्जालको स्थापना गरिएको बताउँदै मानक नेपाली भाषाको संरक्षण, सम्बर्धन र विकासका लागि सञ्जाल जस्तासुकै मूल्य चुकाउन पछि नपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालका सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राखिनुपर्ने विषयमा सञ्जालले दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यसका लागि नेपाली भाषाप्रेमी सबैले अझ सशक्त दबाबका साथ अभियान चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सञ्जाललाई अन्तर्राष्ट्रिय जगतसम्म विस्तार गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो । उहाँले सञ्जाललाई सहयोग गर्ने सञ्चार माध्यमलगायत सबैलाई धन्यवाद दिनुभयो ।
अध्यक्षद्वारा प्रस्तुत हालसम्मका उपलब्धि एवं प्रगति विवरण
क) नेपाली बृहत् शब्दकोश (२०७२) खारेजी र पुनप्र्रकाशन ।
ख) अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेजी ।
ग) सबैको नेपाली (२०६७) खारेजी र पुनप्र्रकाशन ।
घ) विद्यालय तहका (१-१२ कक्षा) देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक नेपाली वणर्विन्यासमा प्रकाशन ।
ङ) साझा प्रकाशनबाट प्रकाशित सबै पुस्तक मानक नेपाली वणर्विन्यासमा प्रकाशन ।
च) अमानक नेपाली वणर्विन्यासमा प्रकाशित पुस्तक बहिष्कार ।
छ) सञ्चार माध्यममा मानक नेपाली वणर्विन्यास कायम ।
ड) विश्वविद्यालय र सरकारी निकायमा मानक नेपाली वणर्विन्यासको प्रयोग ।
ढ) एटिएममा नेपाली भाषाको प्रयोग ।
ण) कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय ३/३ क्रेडिट आवरको १००/१०० पूर्णाङ्कको व्यवस्थापन ।
थ) सञ्जालद्वारा विभिन्न निकायबाट गराइएका निणर्यहरूको कार्यान्वयन ।
द) नेपाली विषय शिक्षक सञ्जालको गठन ।
अध्यक्षद्वारा प्रस्तुत भावी योजना
क) नेपालीसाधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नाका लागि थप सशक्त दबाब दिने ।
ख) अनिवार्य विश्वविद्यालयका सबै सङ्कायमा स्नातक तहमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गराउन दबाब दिने ।
ग। विश्वविद्यालयमा नेपाली माध्यममा पढाइ हुने विषयका स्नातक र स्नातकोत्तर तहमा सोधिने प्रश्नपत्रमा नेपाली भाषाको समेत प्रयोग गर्न दबाब दिने ।
घ्। सबै सेवा आयोगबाट लिइने विभिन्न विषयका परीक्षामा सोधिने प्रश्नपत्रमा नेपाली भाषाको समेत प्रयोग गर्न दबाब दिने ।
ङ) लोकसेवा आयोगमा अनिवार्य नेपाली विषय समावेश गर्न दबाब दिने ।
च) प्रत्येक मन्त्रालयमा नेपाली विषयविज्ञ राख्न दबाब दिने ।
छ) सरकारी एवं निजी प्रकाशनबाट देवनागरी लिपिमा लेखिएका विभिन्न तहका पाठ्यपुस्तकमा मानक नेपाली भाषाको प्रयोगसम्बन्धी अनुगमन गर्ने ।
ज) मानक नेपाली भाषा अभियानलाई अन्तर्राष्ट्रिय जगत्मा अझ विस्तार गर्ने ।
झ) नेपाली विषय शिक्षक सञ्जाललाई देशभर विस्तार गर्ने ।
ञ) विभिन्न निकायबाट गराइएका निणर्यहरू कार्यान्वयनको अनुगमन गर्ने ।
ट) सञ्जालका सम्पूणर् गतिविधि र उपलब्धि समेटेर स्मारिका प्रकाशन गर्ने ।
सञ्जालको सशक्त दबाबका कारण नेपालीमा अमानक वणर्विन्यासको खारेज गरी मानक वणर्विन्यास प्रयोग गर्ने सरकारबाट निणर्य गराइएको दिन चैत २९ गतेलाई सञ्जालले भाषा दिवसका रूपमा मनाउँदै आएको छ ।
सोही कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत भावी योजना तथा सञ्जालको मातहतमा रहने गरी नेपाली विषय शिक्षक सञ्जालको विधानसमेत पारित गरियो । कार्यक्रममा सञ्जालका वरिष्ठ उपाध्यक्ष डा.भरतकुमार भट्टराईले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सञ्जालका गतिविधिलाई समेटेर वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सञ्जालका कोषाध्यक्ष डा. नारायणप्रसाद गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । दुवै प्रतिवेदन सर्वसम्मतबाट पारित गरियो ।
सञ्जालका महासचिव प्रा.डा. गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्जालका सदस्य प्रतीक ढकालले मानक नेपाली भाषाको औचित्यमाथि प्रकाश पार्दै धन्यवादज्ञापन गर्नुभयो ।
Subscribe
Login
0 Comments
Oldest











































