साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साधनाको स्वर्ण वर्ष’ पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान

पुस्तकका सम्पादक कल्याण पन्त, अनेसासका केन्द्रीय सदस्य डा. रेणुका थापा सोलु लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित स्रष्टा सर्जक श्रद्धेय तीर्थराज अधिकारीको साधनाको स्वर्ण वर्ष पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रम वरिष्ठ साहित्यकार डा.तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष गीता मैनालीको स्वागत मन्तव्यबाट आरम्भ भएको पुस्तक परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा समालोचक प्रा.डा. खेमराज शर्मा र समालोचक डा.शान्तिमाया गिरीले साभनमको संवरण वर्ष मुक्तकमणी तीर्थराज अधिकारीमाथि समीक्षा गरेका थिए ।

स्रष्टा अधिकारीलाई अनेसास नेपाल च्याप्टर,राष्ट्रिका साहित्य प्रतिष्ठानले सम्मान तथा मुक्तक सागरले अभिनन्दन गरेको थियोे । सोही अवसरमा अधिकारको शब्द तथा बिपिन घिमिरेको संगीत तथा बिपिन घिमिरे र शिला बिष्ट अलीको स्वरमा
“पिरतीका बाचाहरू गन्न बाँकी छ
तिमीलाई एउटा कुरा भन्न बाँकी छ”
बोलको गीत समेत प्रस्तुत गरिएको थियोे । पुस्तकका सम्पादक कल्याण पन्त, अनेसासका केन्द्रीय सदस्य डा. रेणुका थापा सोलु लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

अमेरिकामा बसोबास गर्ने र नेपाली साहित्य सिर्जनामा क्रियाशील स्रष्टा तीर्थराज अधिकारीले यो सम्मानले आफूलाई लेखनमा उर्जा मिलेको विचार राख्दै आभार प्रकट गरे । कार्यक्रम अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा सम्पन्न भएको थियोे ।

– तस्विर : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x