सुलसुलेचन्द्रागिरिकाे ९९ औँ श्रृङ्खला छन्द कविता विशेष
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९९ औं काव्य श्रृङ्खला छन्द कविता विशेष काव्य गोष्ठी सम्पन्न भयो ।

काठमाडौं । २०७९ साल बैशाख ७ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९९ औं काव्य श्रृङ्खला छन्द कविता विशेष काव्य गोष्ठी सम्पन्न भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा बमबहादुर थापा, गोविन्द घिमिरे वेदमणी, कलानिधि दाहाल, गंगा लिगलको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरूले आफ्ना छन्द कविता विशेष वाचन गर्नुभयो । अन्य अतिथि साहित्यकारहरु क्रमश दुर्गा भमरकोटे, नारायण प्रसाद निरौला, सुरेश घिमिरे, चन्द्रावती अधिकारी, विनुबाबा घिमिरे, शारदा आचार्य, देवीप्रसाद मिश्र, सीता घिमिरे, सरस्वती श्रेष्ठ, यज्ञ सुबेदी, माधव पोखरेल, दुर्गा क्षेत्री लगायत २४ जना सर्जकहरुले आ-आफ्ना छन्द कविता वाचन गर्नु भयो ।
बरिष्ठ साहित्यकार डा.बमबहादुर थापाले छन्दमा सम अक्षरका छन्द र दुई पंक्तिमा फरक अक्षर संख्याका पनि छन् भन्नु हुँदै आज विभिन्न छन्दका परिकारको स्वाद लिन पाइयो भन्नु भयो । कलानिधि दाहालले नेपाली साहित्यको विकाशमा चन्द्रागिरिको नियमित कार्यक्रमले ठूलो योगदान पुगेको छ भन्नु भयो भन्दै सिर्जनालाई अभ्यास र समर्पण चाहिन्छ, रहरले कविता लेख्दैमा कवि बन्न नसकिने बताउनु भयो र आफ्नो रचना सुनाउनु भयो ।
अर्का विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रम र विधागत कार्यक्रमले धेरै स्रष्टालाई अभ्यासको आधार थलोको रुपमा लेखनलाई विविधता दिएको उल्लेख गर्नु भयो । विशिष्ठ अतिथि महाकाव्यकार गोविन्द घिमिरे वेदमणिले छन्द मिलेको गायन विधा हो, लोक छन्द खोरिया सुसेली पनि छन्द नै हुन् भन्नु हुँदै नयाँ उपविधा ११ समेत समेटिएको साहित्य प्रभाको प्रकाशन भएको बताउँदै आफ्नो कविता सिर्जना प्रस्तुत गर्नु भयो ।
अन्तमा जनार्दन अधिकारी धड्कनले ९९ औँ श्रृङ्खलासम्म नियमित जोडिनु हुने स्रष्टाहरू, संरक्षक, कार्यक्रम संयोजन गर्ने सुधा बास्कोटा ढकाल, चूडा निर्भिक, शारदा आचार्य, सीता पाण्डे लगायत सम्पूणर् उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नुहुँदै सोमराजी छन्दको कविता वाचनको साथ १०० औं श्रृंखला भव्यताका साथ मनाउने जानकारी दिनु भयो र कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
Subscribe
Login
0 Comments
Oldest











































