सुलसुलेस्रष्टा उमानाथ दाहालका तीन कृति लोकार्पित
दाहालका ३ कृतिहरू ‘बाल संसार’ (बाल गीति कविता संग्रह), ‘हाम्रो टोपी’ (राष्ट्रिय गीत संग्रह), तथा ‘स्वानुभूति’ (कविता संग्रह) लोकार्पण गरिए ।

झापा । ०७९ असार १७ । सतासीधाम साहित्य सङ्गमको आयोजनामा भएको उमानाथ दाहालका ३ वटा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो । सङ्गमका सचिव यादवप्रसाद घिमिरेको सञ्चालन, अध्यक्ष तथा कृतिकार उमानाथ दाहालको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा.देवी नेपालको प्रमुख आतिथ्य, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, मिश्र वैजयन्तीको विशिष्ट आतिथ्य रहेको रहेको थियो ।
कार्यक्रममा साहित्यकारहरू मित्रप्रसाद दाहाल, टङ्क विकल्प, डिल्लीराज नेपाल, विन्दु दाहाल, टीका भट्टराई नेपाल, हस्त परियार, अभागी थेगुवा, प्रेमप्रकाश फलाहारी, झाँक्रीखोले, डा.ठाकुर पोखरेल, ज्ञानराज सुवेदी, मिना अधिकारी, विवश बलिभद्र कोइराला, दिलिप घिमिरे, केशव भट्टराई, वीरेन्द्र खड्का, त्रिलोचन भण्डारी, डा.पुण्यप्रसाद सिग्देल, दधिराम खनाल, भीम अधिकारी, भीम दाहाल, भगवती दवाडी, रुक्मिणा रिजाल, भवानी अधिकारी, पदमप्रसाद दाहाल, दलबहादुर नेउपाने, मैना थापा, लालमणि सुवेदी, भूमिका दाहाल, सुस्मिता राई, श्रीप्रसाद खरेल, रेणुका खरेल, तुलसीप्रसाद भट्टराई, माधव ‘कल्पित’, दुर्गाप्रसाद सिग्देल, उर्मिला अधिकारी दाहाल आदि लगायत अन्य धेरै जना साहित्यानुरागी अभिभावक, बुबाआमा, दाजुदिदीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट पालैपालो उमानाथ दाहालका ३ कृतिहरू ‘बाल संसार’ (बाल गीति कविता संग्रह), ‘हाम्रो टोपी’ (राष्ट्रिय गीत संग्रह), तथा ‘स्वानुभूति’ (कविता संग्रह) लोकार्पण गरिए । लोकार्पित कृतिहरूको समीक्षात्मक परिचय क्रमशः डिल्लीराज नेपाल, हस्त परियार तथा जीवनाथ सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा काव्यगोष्ठी पनि भएको थियो । कविहरू उर्मिला अधिकारी दाहाल जो लोकार्पित कृतिहरूका प्रकाशक पनि हुनुहुन्छ, उहाँ, रेवत खनाल र पदमप्रसाद आचार्यले स्रष्टाका रचना वाचन गर्नुभयो भने विवश बलिभद्र, टङ्क विकल्प, मिना अधिकारी, सेलिङ केसी, अभागी थेगुवा, झाँक्रीखोेले, वीरेन्द्र खड्का, तुलसीप्रसाद भट्टराई, लीला गेलाल, दुर्गाप्रसाद सिग्देल, भूमिका दाहाल, त्रिलोचन भण्डारी, विद्या सिग्देल, विन्दु दाहाल तथा दिलिप घिमिरेले आफ्ना कविता-गजल सुनाउनु भयो । काव्यगोष्ठीको सञ्चालन दिलिप घिमिरेले रोचक रुपमा गर्नुभएको थियो ।
स्रष्टा उमानाथका लोकार्पित कृतिका कविता तथा गीतमा संगीत भरेर हस्त परियार, रेवत खनाल तथा पदम दाहालले छुट्टाछुट्टै संगीत सुनाएर स्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभयो । शब्दलाई संगीत भरेर यसरी सुनाउँदा शब्दहरूमा प्राण भरिँदो रहेछ, सुतिरहेका शब्दहरू उठेर आफैं अभिनयसहित बोल्दा रहेछन् झैं बोध गरे स्रोताले ।
कार्यक्रमको अन्तिम चरणतिर बधाई तथा शुभकामनाको मन्तव्य रह्यो । डा.देवी नेपाल, नगरप्रमुख मेगाहाङ थोप्रा, कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, मिश्र वैजयन्तीले शुभकामना तथा बधाई दिनुभयो । अध्यक्षका तर्फबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरेर आफ्नो मन्तव्यबाट सबैप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो ।
-झापाबाट पुण्य खरेल
Subscribe
Login
0 Comments
Oldest












































