साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँचलको साधारण सभा र स्रष्टा सम्मान

मकवानपुरका महिला साहित्य सर्जकहरूको सञ्जाल आँचल साहित्य कला पुञ्जले चौथो साधारण सभा तथा स्रष्टा सम्मान एवम् रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

असार २५, हेटौँडा । मकवानपुरका महिला साहित्य सर्जकहरूको सञ्जाल आँचल साहित्य कला पुञ्जले चौथो साधारण सभा तथा स्रष्टा सम्मान एवम् रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार क्लब हेटौंडा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सभाध्यक्ष अनिता न्यौपाने तथा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभापश्चात् आँचल ले नयाँ नेतृत्व समेत पाएको छ । नयाँ नेतृत्वका लागि भावना सापकोटा अध्यक्ष चुनिनु भएको छ भने उपाध्यक्ष निरा शर्मा, सचिव सविता तिमल्सिना, सहसचिव चण्डिका घिमिरे, कोषाध्यक्ष निर्मला ब्लोन, सदस्यहरू ज्योत्स्ना श्रेष्ठ, भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी रहनुभएको छ ।

दस वर्षअघि स्व. अप्सरा तिम्सिना, निवर्तमान अध्यक्ष अनिता तिमल्सिना, संस्थापक अध्यक्ष मुना अर्याल आदिको परिकल्पनामा गठित यस समूहले साहित्यिक कार्यक्रमहरू आयोजना, सर्जकलाई सम्मान तथा साहित्यिक बहस तथा विमर्श आदि गर्ने गर्दछ ।

कार्यक्रममा १० हजार १ रुपैयाँ राशीसहित बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०७८ बाट तीर्थदेवी सिलवाल, १० हजार १ रुपैयाँ राशीसहित प्रतिभा धिताल छन्द पुरस्कार २०७८ बाट भुषिता वशिष्ठ, ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७८ बाट कृष्णराम परियार, १५ हजार १ रुपैयाँ राशीसहित अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०७८ बाट सरीता तिवारी, ११ हजार १ सय ११ रुपैयाँ राशीसहित टिकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक पुरस्कार २०७८ बाट देवराज खरेल सम्मानित हुनु भएको थियो । साथै लेखक संघ मकवानपुरका अध्यक्ष तथा कवि छवि अनित्यलाई १० हजार १ रुपैयाँ राशीसहित सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८, ३ हजार ५ सय रुपैयाँ राशीसहित चित्रकार ऋत्वीक केबीलाई मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान २०७८, ५ हजार रुपैयाँ राशीसहित जनार्दन खनाललाई खड्ग वनस्खण्डी सम्मान २०७८, ५ हजार रुपैयाँ राशीसहित प्रशन्ना चौलागाईँलाई मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ ले सम्मानित गरिएको थियो । सो अवसरमा ५ हजार रुपैयाँ राशीसहित राष्ट्रिय भलिबल टीमकी खेलाडी चुडा खड्कालाई समेत आँचल साहित्य कला सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

मेयर लामाले विभिन्न साहित्यिक कार्यक्रमहरूले मानिसहरूमा चेतना फैलाउने हुँदा साहित्यिक गतिविधिलाई निकै अघिदेखि सरसहयोग गर्दै आइरहेको र यस्ता गतिविधिहरू निरन्तर गरिरहनका लागि सल्लाह दिनुभयो ।

सम्मानित व्यक्तिहरूले मन्तव्य तथा स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियो भने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, विशिष्ठ अतिथिद्वय सुशिला पाण्डे मानन्धर र वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल आदिले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा आँचलकी निवर्तमान अध्यक्ष तथा साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेले नवगठित आँचल टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

पुरस्कार संस्थापकहरू हरिवंश भेटवाल, चन्द्रकिरण श्रेष्ठ, मुक्तिगोविन्द वैद्य, रुकु कार्की, देव श्रेष्ठ, मुना अर्याल, प्रकाश लम्साल तथा यशोधरा/गजाधर तिम्सिनामार्फत् पुरस्कार तथा सम्मान रहनु भएको थियो भने खेलाडी खड्कालाई आँचल साहित्य कला पुञ्जको आफ्नै स्रोतमार्फत् सम्मान गरिएको थियो ।

मकवानपुरमा साहित्यिक पुरस्कार तथा सम्मान लगायत रचना वाचनलगायतका कार्यक्रमहरू यथेष्ट हुँदै आएका छन् ।

-संप्रस पौडल, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x