सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य सन्ध्याले छजना स्रष्टालाई सम्मान गर्ने

साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हो ।

Nepal Telecom ad

काठमाडौं । छ जना साहित्यिक स्रष्टाहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ ।

विगत अठ्तीस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हो ।

वि. सं. २०७८ सालमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्न प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसअनुसार २०७९ भदौ ४ गते शनिवार पुरस्कार प्रदान गरिने भएको छ ।

अभियानले साहित्यकार रेखा सुवेदी, डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, निशा रोका मगर, नारायणप्रसाद भण्डारी र डा. फणीन्द्रराज निरौलालाई साहित्यका विभिन्न विधामा योगदान गरेवापत सम्मान गरिने सन्ध्याका अध्यक्ष राम विनयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad