साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा बुढाथोकीको ‘बाउ’ उपन्यास लोकार्पण

ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास कृति विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, साउन ८, २०७९ । संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास कृति विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो ।

प्रमुख अतिथि गुरुङले बुढाथोकीको ‘बाउ’ उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको बताउनुभयो । कार्यक्रममा बुढाथोकीको कृति बाउको विषयमा डा.अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गर्नुभएको थियो ।

कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताउनुभयो । पेशाले माध्यमिक द्वितीय तहको शिक्षक रहेका बुढाथोकीको ‘बाउ’ आठौं तथा उपन्यासमा दोस्रो कृति हो । नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसकेका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्षसमेत हुन् ।

संखुवासभा कलाकार चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता इतिहास तथा संस्कृतिविद् प्रा.डा. रमेश ढुङ्गेलले गर्नुभएको थियो ।

स्रष्टा ताराबहादुर बुढाथाेकीका हास्यव्यङ्ग्य कविता फित्काैली डटकममा नियमित पाेष्ट हुने गरेका छन् । फित्काैली डटकम बुढाथाेकीलाइ हार्दिक बधाइ ज्ञापन गर्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x