साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलपत्र गन्तव्य र भुलिएको सपना

आश्वासन र सपनाहरू साकार हुने छन्द म देख्दिन ! मैले त मेरो नायकले देखाएको सपना बाँडेको न हुँ ! तर सपना देखाउनेले नै सपना भुलेपछि मैले के गर्न सक्छु र !

Nepal Telecom ad

मलाई गिज्याइरहेको छ
कसले ?
मेरो विगतले,
मैले सुन्दै, सुसेल्दै, हिडेको-
“हुनु पर्छ सबैलाई बराबर,
कोही भने जहाजमा हरर
कोही भने पसिना तरर
आमा दिदी बहिनी हो
जस्ता जनताका गीतहरूले ।”
मलाई गिज्याइरहेको छ कसले ?
मैले पढेका –
मार्क्स एङ्गेल्सका घोषणापत्रले,
“दास क्यापिटल“ र “सर्प्लस भ्यालु”
जस्ता सिद्धान्तहरूले
गोर्कीका उपन्यासहरूले,
राहुल साङ्कृत्यायनका
“भागो नहीं दुनियाँको बदलो” जस्ता
विचारोत्तेजक किताबहरूले ।

मलाई घोचिरहेका छन् कसले ?
“माओका छानिएका रचनाहरू”ले,
याँङ्मोको “युवाहरूको गीत”ले
“चम्किलो रातो तारा“ले ।

साच्चै ! मलाई जिस्क्याइरहेका छन्
कसले ?
प्रश्रितका “मानव“, “देवासुर संग्राम” र “गोलघरको सन्देशहरूले”
सञ्जय थापाका “पूर्वतिर” र “नओइलाउने फूलहरू”ले
मलाई तर्साइरहेका छन्
कसले ?
“भिमान”, “सुखानी”, “छिन्ताङ”, “पिस्कर”
“दासढुङ्गा”, “दोरम्बा”, “खारा”, “ओखलढुङ्गा”
जस्ता सैयौँ शहीदका चिहानहरूले !

ए ! नायक भनिएका खलनायकहरू !
के तिमीहरूलाई गिज्याउँदैन ?
तिमीहरूलाई जिस्क्याउदैन ?
तिमीहरूलाई तर्साउँदैन ?
कि सत्ताको मात र छिना झपटीको अचानो भयो
तिमीहरूको वाचा र प्रतिवद्धता ?
डढाइएको छाप्राहरूको धूवाँको मुस्लोले
युद्धमा पड्काइएका गोला बारुदको
मूस्लोहरूलाई गिज्याएन ?
कि महलको रङ्गीन माहोलले शक्तिहीन बनायो ?
कि विस्मृत भए रोल्पा र थपाङ्गका झुप्राहरू ?

आफै सेल्टर बसेका गरीबका गोठहरू,
चेपाङका मचान र छाप्राहरू ?
गल्ली, गौँडा र गल्छेडा चाहर्दै
दीन दुःखीका गाँस काटेर
मकै, कोदो र फापरका ढिंडो
निल्ने तिम्रो घाँटी
पूँजीवाद पुष्पित ह्विस्कीले भिजेपछि
मदहोस भयो कठै !

भेन्टिलेटर भीख माग्नु पर्दा पनि
खोप खोज्दा खोज्दै
जनताको ज्यान जाँदा पनि
करोडौंको कार किनेर चढ्न पछि परेनौ !

मार्क््सवादको किताब सिरानी हालेर
वीरसिक्का पढ्ने तिम्रो “मेकियाबेली पारा”
सत्ता उन्मादको सन्निपातले
उब्जाएको बर्बराहट
अब सबैले बुझिसके ।

मलाई माफ गर्नु होला
हे मेरा सुभेच्छुकहरू !
मैले भनेको ठाउँमामा मतदान गर्ने
मतदाताहरू !
मैले देखाएको आशाहरू,
आश्वासन र सपनाहरू
साकार हुने छन्द म देख्दिन !
मैले त मेरो नायकले देखाएको सपना बाँडेको न हुँ !
तर सपना देखाउनेले नै सपना भुलेपछि
मैले के गर्न सक्छु र !

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x