साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि भवानी क्षेत्रीको ‘ढुङ्गा, माटो र म’ लोकार्पण

प्रगतिशील लेखक संघका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मिश्र बैजयन्ती, विशेष अतिथिहरू तीला लेकाली, लीला उदासी, राजन शिवाकोटी लगायतले सामुहित रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

Nepal Telecom ad

बिर्तामोड, झापा, २१ साउन ०७९ । साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित कविता संग्रह ‘ढुङ्गा, माटो र म’ को शुक्रवार आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मिश्र बैजयन्ती, विशेष अतिथिहरू तीला लेकाली, लीला उदासी, राजन शिवाकोटी लगायतले सामुहित रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

विमोचित कृतिमाथि शारदा शर्मा र होम सुवेदीले समीक्षा गरेका थिए । कृतिको समीक्षा गर्दै समीक्षकहरूले शब्दको खेतीमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएकी साहित्यकार क्षेत्रीले कविता संग्रहमा शिष्ट भाषामा समाज बोलेको टिप्पणी गरेका थिए । साहित्यमा महिला अधिकारका पक्षमा विद्रोह बोल्ने क्षेत्रीको कविता संग्रहले सबैलाई ‘म’ का रुपमा उभ्याएको वक्ताहरूको भनाई थियो ।

बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा प्रगतिशील लेखक संघको आयोजनामा भएको कार्यक्रममा प्रगतिशील, लेखक संघ झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता रहेको थियो । विन्दु दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिविका अश्रु, देवीचरण भण्डारी, पुण्यप्रसाद खरेल, दिलिप घिमिरे, खगिन्द्रा खुशी, विवस बलिभद्र कोइराला, लतिका जोशी, नमुना निरौला, सुमित्रा वाङ्देल (चेली), दिकीम भाइ, माया मितु न्यौपाने, हरी न्यौपाने लगायतले लोकार्पित कृतिमा प्रकाशित कविता वाचन गरेका थिए ।

प्रगतिशील लेखक संघका उपाध्यक्ष आरती पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बैजयन्ती, विशेष अतिथि तिला लेकाली, प्रगतिशील लेखक संघ झापाका संस्थापक अध्यक्ष लीला उदासी, सुभद्रा भट्टराई, राजेन्द्र संग्रौला, राजन शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कृतिकार भवानी क्षेत्रीले मौलिकता र वास्तविकतामा जोड दिंदै अब ठूला भनिनेहरूबाट सिक्ने मात्र नभइ सिकाउनुपर्ने दिन आएको बताउनु भयो । कृति लोकार्पणमा नेपाल, भारतको सिक्किम तथा भुटानसम्मका श्रष्टाको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x