सुलसुलेहास्यव्यङ्ग्यकार प्रधानलाई अन्तर्राष्ट्रिय पुरस्कार
लामाे समयदेखि नेपाली भाषामा हास्यव्यङ्ग्य लेखन र प्रकाशन कार्यमा सक्रिय रहँदै आउनु भएका प्रधानलाई पुरस्कार अर्पण गर्न काठमाडौमा पुरस्कार समर्पण समारोहको आयोजना गरिने ।

काटमाडाैं । भारतको सिलीगुडी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार तथा ‘कानेखुसी’ हास्यव्यङ्ग्य पत्रिकाका प्रधान सम्पादक प्रकाशक कृष्ण प्रधानलाई एन एण्ड जे इन्टरनेमेन्ट एन वाइ इन्क अमेरिकाले अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गर्ने घोषणा गरिएको छ ।
लामाे समयदेखि नेपाली भाषामा हास्यव्यङ्ग्य लेखन र प्रकाशन कार्यमा सक्रिय रहँदै आउनु भएका प्रधानलाई पुरस्कार अर्पण गर्न काठमाडौमा पुरस्कार समर्पण समारोहको आयोजना गरिने जानकारी इन्क, अमेरिकाले दिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा हुने उक्त पुरस्कार समर्पण समारोह २०७९ साउन २८ गते शनिबार तदनुसार २०२२ अगष्ट १३ मा प्रज्ञा प्रतिष्ठानकै लेखनाथ कक्षमा आयोजित हुने जनाइएको छ ।
उक्त पुरस्कार ग्रहण गर्न कृष्ण प्रधान साउन २६ गते नै काठमाडौं आइपुग्ने जानकारी प्रधान स्वयमले दिनु भएको छ ।
दर्जनौ कृतिका लेखक तथा सम्पादक हास्यव्यङ्ग्यकार कृष्ण प्रधान फित्कौली अनलाइनमा नियमित रूपमा हास्यव्यङ्ग्य निबन्ध लेख्दै आउनु भएको छ । उहाँका हास्यव्यङ्ग्य रचना समकालिन साहित्य डटकम, प्रबोध साप्ताहिक लगायत विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित हुने गरेका छन् ।
फित्कौली डटकमका नियमित हास्यव्यङ्ग्य लेखक वरिष्ठ हास्यव्यङ्ग्यकार प्रधान अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत हुन लाग्नु भएको यो अवसरमा फित्कौली डटकम उहाँलाई खित्कौलीपूर्ण बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
Subscribe
Login
0 Comments
Oldest












































