साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय दुश्मन ! म बुझ्छु नि तिम्रो बाध्यता !!

सहृदयी सिर्जनशील पाथेभाइ-साथीभित्रै कस्तो खतरनाक विषालु सर्प लुकेर बस्न सक्दो रहेछ भन्ने तीतो तर सत्य कुराको सबैभन्दा बलियो प्रमाण हौ तिमी ।

Nepal Telecom ad

प्रिय दुश्मन !
तिम्रैलागि मैले के गरेँ अहिलेसम्म ?
त्यो त मलाई थाहा छैन
तर, धेरै दुःख गरिरहेका हुन्छौ
भरपूर भ्रम छरिरहेका हुन्छौ
आफ्नै नजरबाट झरिरहेका हुन्छौ
भवसागर तरिरहेका हुन्छौ
मझधारमा परिरहेका हुन्छौ
बाँचेर पनि मरिरहेका हुन्छौ !

धेरै कष्ट सहिरहेका हुन्छौ
कपोलकल्पित कहिरहेका हुन्छौ
जहाँको तहीँ रहिरहेका हुन्छौ !

धेरै पापड बेलिरहेका हुन्छौ
पर्दापछाडि खेलिरहेका हुन्छौ
सकी-नसकी ठेलिरहेका हुन्छौ
बगरको बालुवा पेलिरहेका हुन्छौ
प्रत्येकपल केवल मेरै लागि तिमीले … !

जस्तो कि
मेरो बारेमा राम्रो कुरा
सकेसम्म सुन्नै नपरे पनि त हुन्थ्यो नि यार
भन्ने सोचिरहेका हुन्छौ; सोच्नुपर्छ
सुन्नै पर्ने अवस्था आइदियो भने
दुवै आँखा थुनेर बसिरहेका हुन्छौ; बस्नुपर्छ
मैले गरेको उन्नति/प्रगति
सकेसम्म देख्नै नपरे पनि त हुन्थ्यो नि यार
भन्ने सोचिरहेका हुन्छौ; सोच्नुपर्छ
देख्नै पर्ने अवस्था आइदियो भने
दुवै आँखा चिम्लेर बसिरहेका हुन्छौ; बस्नुपर्छ ।

मेरो बारेमा बोल्न र लेख्न
सकेसम्म पर्दै नपरे पनि त हुन्थ्यो नि यार
भन्ने सोचिरहेका हुन्छौ; सोच्नुपर्छ
बोल्नै पर्ने र लेख्नै पर्नेजस्तो
अप्ठ्यारो अवस्था आइदियो भने
हुँदै नभएको मात्रै होइन
बोल्नै नहुने कुरा बोलिरहेका हुन्छौ; बोल्नुपर्छ
लेख्नै नहुने कुरा लेखिरहेका हुन्छौ; लेख्नुपर्छ
सोच्नै नहुने कुरा सोचिरहेका हुन्छौ; सोच्नुपर्छ ।

कठैबरा ! तिमीलाई
कत्ति धेरै गाह्रो छ है !

प्रिय दुश्मन !
कलङ्कित कुपात्र नै हौ त भन्दिनँ मैले
निकै नजिकको मित्रको नाममा
सहृदयी सिर्जनशील पाथेभाइ-साथीभित्रै
कस्तो खतरनाक विषालु सर्प
लुकेर बस्न सक्दो रहेछ भन्ने
तीतो तर सत्य कुराको
सबैभन्दा बलियो प्रमाण हौ तिमी ।

प्रिय दुश्मन !
म बुझ्छु नि
तिम्रो बाध्यता !!

००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यक्षप्रश्न

यक्षप्रश्न

मिलन समीर
म को हुँ …?

म को हुँ …?

मिलन समीर
मतो

मतो

मिलन समीर
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x