साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा विशेष कार्यक्रम गर्दै सिस्नुपानी मकवानपुर

कार्यक्रममा विभिन्न हास्यव्यङ्ग्ययुक्त प्रहसन, कविता, हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा आदि वाचनका साथै प्यारोडी गायन समेत हुनेछन् ।

Nepal Telecom ad

श्रावण २५, हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्दैछ । यही श्रावण २७ गते हुने कार्यक्रममा विभिन्न हास्यव्यङ्ग्ययुक्त प्रहसन, कविता, हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा आदि वाचनका साथै प्यारोडी गायन समेत हुनेछन् ।

साथै कार्यक्रममा पहिलो पोस्टका कार्टुनिस्ट रविन्द्र मानन्धर, थाहा सञ्चारका अनुप गुरुङ, मकवानपुरका पहिलो कार्टुनिस्ट ऋषि केबी तथा ऋत्वीक केबीका कार्टुन चित्रहरू प्रदर्शनीमा राखिनेछन् । हास्यव्यङ्ग्य रचना वाचनका साथसाथै सिस्नुपानीकै इतिहासमा पहिलो पटक हास्यव्यङ्ग्य चित्रकारितालाई स्थान दिँदै आएको संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

सिस्नुपानी मकवानपुरमा यो समूह जुटेपछि निकै सकृयताका साथ हास्यव्यङ्ग्य कार्यक्रमहरू हुने गरेका छन् । स्थानीय तहमा समेत नियमानुसार दर्ता गरिएको यस संस्था सिस्नुपानी नेपालको जिल्लास्थित संस्थाको रुपमा रहेको छ । वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले सहयोग गर्नु भएको जग्गामा साहित्य संगमसँग संयुक्त रुपमा रहेको भवन कार्यक्रमका लागि साँघुरो भएपछि कार्यक्रम पार्टी प्यालेसमा गर्नु परेको संस्थाका सचिव गोविन्द पौडेलले बताउनु भयो । यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हेटौंडा पार्टी प्यालेसमा आयोजना हुनेछ ।

सिस्नुपानी मकवानपुरका कार्यक्रमहरूमा अन्य संस्थामा आबद्ध भएका तथा अन्य सर्जकहरूको वनि बाक्लो उपस्थिति हुने र उहाँहरूले समेत हास्यव्यङ्ग्य रचनाहरू वाचन गर्ने गरेको पाइन्छ ।

स्व. गणेश पौडेल स्मृति सम्मान तथा पुरस्कारका लागि उहाँका परिवारका तर्फबाट हालसालै २ लाख ५० हजारको अक्षयकोष स्थापना भएको छ । सिस्नुपानीको इतिहासमै सम्मान तथा पुरस्कार स्थापना र व्यङ्ग्यचित्र प्रदर्शनी पहिलो पटक भएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताउनु भयो ।

यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम सञ्चालनका लागि संस्थाले केही आर्थिक सहयोग प्राप्त गरेको छ । निकट भविष्यमा आर्थिक व्यवस्थापन गरेर संस्थाले हास्यव्यङ्ग्य साहित्य कार्यशाला, विद्यालयस्तरीय तथा खुला प्रतियोगिता, हास्यव्यङ्ग्य चित्र (कार्टुन) तथा फेस क्यारिकेचर चित्रकला कार्यशाला गराउने योजना रहेको छ ।

०००
– संप्रस पौडेल, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x