साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीज पर्वको सन्दर्भमा बिचार गोष्ठी र रचना वाचन

वक्ता तथा कवि लेखकहरू सबैले एकमत भएर तीजका नाममा दुई महिना अघिदेखि होटल पार्टी प्यालेस बुक गरेर भड्किलो पाराले मनाउने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

Nepal Telecom ad

इटहरी भाद्र ४ गते । तीज पर्व नजिकिदै गरेको र तीज पर्व मनाउने नाममा समाजमा विकृति विसंगति भित्रिदै गएकोमा कवि लेखक तथा सामाजिक अभियन्ताहरूले चाड पर्वका नाममा भित्रिने सबै प्रकारका विकृति विसंगति अन्त्य आवश्यक रहेको तर यो एउटा नारीले मात्र रोक्न नसक्ने बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ नेपाल १ नं प्रदेश कमिटीले शनिबार इटहरीको जनजागरण पुस्तकालयको सभा हलमा आयोजना गरेको तीज पर्वको सामाजिक र सांस्कृतिक महत्व विषयक विचार गोष्ठी तथा रचना वाचन कार्यक्रम सहभागी वक्ता तथा कवि लेखकहरू सबैले एकमत भएर तीजका नाममा दुई महिना अघिदेखि होटल पार्टी प्यालेस बुक गरेर भड्किलो पाराले मनाउने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सो कार्यक्रममा प्रदेश १ कि प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिकी संयोजक सरिता खड्काले तीज पवृका नाममा भैरहेको विकृति हटाउन सबेको सहयोग आवश्यक रहेको र देखासिकीले समाजमा चाडपर्व विकृति बढेको बताइन् ।

प्रगतिशील लेखक सङ्घ १ नं प्रदेश अध्यक्ष तीला लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रलेस १ नं प्रदेशका सल्लाहकार डा. बद्री विशाल पोखरेलले तयार पार्नु भएको तीजको सामाजिक र सांस्कृतिक महत्व विषयक अवधारणा पत्र डा. खेमराज खनालले पढे सुनाउनु भएको थियो । प्रलेस नेपालका महासचिव डा.देवी दुलाल क्षेत्री, भानु भण्डारी जन सांस्कृतिक महासंघ १ नं प्रदेश अध्यक्ष जे. बी. थुलुङ लगायतका वक्ताहरूले तीज पवृको महहत्वका बारेमा बोलनु भएको थियो ।

प्रलेस १ नं प्रदेश सचिवालय सदस्य कविता केशरी, सिर्जना सरोवर, माधव पोखरेल गोज्याङ्ग्रे, टीका आत्रेय, मधु पोखरेल, टीका मिलन, विदुर सुवेदी, रामबावु दाहाल, शिवनारायण ंिसंगल, जीवनाथ नेपाल, विश्वनाथ नेपाल, भवानीप्रसाद पोखरेल, लीला प्रसाद अधिकारी, कृष्णप्रसाद नेपाल, दिलिप घिमिरे, कालिदास कोइराला, विन्दु दाहाल मुक दर्शक, एल.पी. पराजुली, माया मितु, सुस्मिता नेपाल, सृजना नेपाल, तीर्थराज भट्टराई, इरान राई लगायतका वक्ताहरुले तीज पर्वका बारेमा तथा विविध रचना वाचन गरेको थिए ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x