साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नारी विद्वत रत्न’द्वारा प्रा.डा.गार्गी शर्मा विभूषित

टोखा नगरपालिकाको सहकार्यमा संसाक श्रष्टा सम्मान २०७९ द्वारा आयोजित श्रष्टा सम्मान कार्यक्रममा शर्मालाई जनस्तरबाट सो विभूषण प्रदान गरिएको हो ।

Nepal Telecom ad

काठमाडौं, भदौ ११, २०७९ । काठमाडौंमा भएको एक कार्यक्रमका बिच नेपाली विषयमा पहिलो चोटी विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रा.डा गार्गी शर्मालाई नारी विद्वत रत्न विभूषण प्रदान गरिएको छ ।

टोखा नगरपालिकाको सहकार्यमा संसाक श्रष्टा सम्मान २०७९ द्वारा आयोजित श्रष्टा सम्मान कार्यक्रममा शर्मालाई जनस्तरबाट सो विभूषण प्रदान गरिएको हो ।

सो अवसरमा प्रा.डा गार्गी शर्माको बारेमा चर्चा गर्दै डा. शैलेन्दु नेपालले गार्गी शर्मालाई सो विभूषण प्रदान गर्नु उनको सम्मान मात्रै नभई समग्र नेपाली साहित्यकै सम्मान भएको धारणा राखे ।

शर्माले ‘आमा’ महाकाव्यको रचना, अन्य फुटकर रचना गर्नुका साथै नेपालकै पहिलो महिला प्रा.डा बन्न सफल भएकोमा सो उपाधि प्रदान गएिको पनि नेपालले जानकारी दिए । नेपालले शर्माको क्षमतालाई कदर गर्नुभनेको सबै नेपाली महिलाहरूलाई नै कदर गरेको ठहर्ने विचार व्यक्त गरे ।

लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’, माधव घिमिरेलाई ‘राष्ट्रकवि’ र धर्मराज थापालाई ‘जनकवि केसरी’ उपाधि दिइए जस्तै यसपाली गार्गी शर्मालाई नारी विद्वत रत्न उपाधि प्रदान गरिएको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको उदघाटन गरे ।

प्रमुख अधिकारीले श्रष्टा सम्मान कार्यक्रमममा नगरपालिकाको तर्फबाट सहभागी हुन पाउँदा आफू निकै खुशी भएको र आर्थिक तथा नैतिकरुपमा टोखालाई साहित्यमा उत्कृष्ट बनाउनमा भूमिका खेल्ने प्रतिवद्दता जनाए ।

प्रा.डा शर्मालाई देशभरबाट १५ वटा संघ-संस्थाहरूले सो उपाधि दिएर सक्मान गरेका हुन् । विभूषण ग्रहण गर्दै शर्माले आफू आफ्नी आमाको प्रेरणाको कारणले साहित्यमा लागेको बताइन् । उनले मन्तव्यको क्रममा भावुक हुँदै सुरुमा जागिरको लागि साहित्य रचना गर्ने गरेको अनुभव सुनाउँदै प्रेरणाकी स्रोत आफ्नीको मृत्युले आफूलाई निकै मर्माहत बनाएको बताइन् ।

शर्माले नेपाली भाषाको शिक्षिका भएकोले विद्यार्थीहरूलाई पढाउने क्रममा जानअन्जानमै ‘आमा’ महाकाव्य लेखेको सुनाइन् ।

कार्यक्रमका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद शर्माले नारी विद्वत रत्न विभूणद्वारा विभूषित शर्मालाई बधाई दिँदै राजा जनकको वौद्धिक समारोहमा शास्त्रास्त्र गर्ने गार्गी जस्तै बन्न शुभकामना दिए । उनले वैदिककालमा महिलालाई वेद पढ्न दिइँदैन्थ्यो भन्नु हल्ला मात्रै भएको बताउँदै पूर्वीय दर्शनको संस्कृत पढेर नै अंग्रेजहरूले साहित्यमा त्यत्रो प्रगति गरे तर आज उनीहरूले आफूहरूलाई पहिलो र ठूलो दावी गर्दछन् भन्ने विचार व्यक्त गरे ।

प्रा.डा.शर्मालाई ‘विद्वत् रत्न’द्वारा विभूषित गर्ने संस्थाहरू
१.पारामाउण्ट एकेडेमी-जालपाचोक, गोंगबुँ, काठमाडौँ ।
२. इडन ब्रिज एकेडेमी-धापासी, काठमाडौँ ।
३. लीलाध्वज थापा साहित्य प्रतिष्ठान- बालुवाटार, काठमाडौँ ।
४. बाबा तारकेश्वर बचत तथा ऋण सहकारी संस्था लि-नेपालटार, काठमाडौँ ।
५. खोज अनलाइन-गोंगबुँ, काठमाडौँ ।
६. सङ्कल्प यात्रा त्रैमासिक-गोंगबुँ, काठमाडौँ ।
७. साहित्य तथा संस्कृति विचार मञ्च- गोंगबुँ काठमाडौँ ।
८. मुक्तक मञ्च, केन्द्रीय समिति र काठमाडौँ शाखा-पोखरा र काठमाडौँ ।
९. कल्पलता साहित्य परिवार-गोंगबुँ, काठमाडौँ ।
१०. आर्ट अफ लिभिङ नेपाल, धनेश्वर शाखा-धनेश्वर, काठमाडौँ ।
११. संसाक मासिक-गोंगबुँ, काठमाडौँ ।
१२. कपन बानेश्वर साहित्यिक साप्ताहिक- कपन, काठमाडौँ ।
१३. साहित्यकार खेलकुद समाज नेपाल- गोंगबुँ, काठमाडौँ ।
१४. दामोदर पार्वती पुडासैनी प्रतिभा पुरस्कार कोष-काठमाडौँ ।

प्रा.डा.गार्गी शर्मालाई ‘विद्वत् रत्न’द्वारा विभूषित गरिने कार्यक्रममा व्यक्तिगत सहभागिता
१. लक्ष्मण बिडारी-झोर, काठमाडौँ ।
२. जोगप्रसाद (जे.पी.) नेपाल-गोंगबुँ, काठमाडौँ ।
३. दीपक बानियाँ-गोंगबुँ, काठमाडौँ ।
४. रविना घिमिरे- धर्मस्थली, काठमाडौँ ।
५. राधा कार्कीदुलाल, काठमाडौँ ।

पाँच श्रष्टा सम्मानित
सोही अवसरमा नेपाली साहित्यको विकासमा योगदान पुर्याएको अन्य ५ जना साहित्यकारहरूलाई पनि सम्मन गरिएको थियो । यसरी सम्मानति हुनेहरूमा प्रा.डा भूपहरि पौडेल, जय छाङ्छा, घनबहादुर थापा, सिर्जना दुवाल र भवानी मैया पन्त रहेका छन् ।

कार्यक्रमको अध्यक्षता साहित्यकार तारा केसीले गरेकी थिइन् भने साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संसाक मासिक पत्रिकामा सम्पादक उमेश पाण्डलेले गरेका थिए । कार्यक्रममा विभिन्न विधाका श्रष्टाहरूले आआफ्ना रचना पनि वाचन गरेका थिए ।

०००

– जीवन हमाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x