साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनीहरू पाँचदस हुलका हुल आए

प्रश्न- लाखौँको मानवसागर पाँचदससँग किन भाग्नुभयो त ? उत्तर- उनीहरू पाँचदस हुलका हुल आए, हामी लाखौँ एक्ला एक्लै भाग्यौँ ।

Nepal Telecom ad

लर्को लागेर सबै गुडुडु कुद्दै थिए । हाँप र झाँप गर्दै कोही धकेका थिए । लखतरान भएर कोही थाकेका थिए । लुगाको हालत हेर्ने होस कसैमा छैन । वीरभद्रले दक्षको यज्ञ ध्वंश गर्दाको जस्तो त्राहिमाम मच्चियो ।

जालियाँवाला बागको विध्वंश हो कि बहत्तरको भुईंचालो हो भन्नै सकिएन । नकुदी भएको छैन । कुद्ने सुरमा कसैको सुरुवालको इँजार चुँडियो । कसैको दौरा थाहा नपाई कतै छोडियो । कसैको हात, खुट्टा त कसैको मुन्टै मुडियो । नाकमुखमा रालसिँगान कसको कति थियो । कसैलाई अर्काको हेर्ने फुर्सत थिएन ।

नभागौँ भने चुट्छन् मजैले- शङ्कै थिएन । खलाँती बजेझैँ आवाज गर्दै सास सबैको फुलेकै छ । जिउभन्दा पहिले ज्यान नै टुङ्गामा पुग्ला कि भन्ने त्रास बनेको छ । खुट्टाका जुत्ता चप्पलले कहिले साथ छोडे थाहै भएन । जे होस् कुरो भागाभागकै थियो । लखेट्नेहरू अवैध संरचना भत्काउन लागेको कर्मशील जनप्रतिनिधि जस्तै दृढसङ्कल्पमा थियो । भाग्नेहरू हारेको राँगो जस्तो आक्रोश र त्रासको भारीले थिचिएका थिए ।

बल्ल अलिकति छलिन पाएका एक जना भगौडाले टुसुक्क बस्न खोजेका के थिए, क्यामेरा घाँटीमा झुन्डाएर पत्रकार आइपुग्यो र सोधिहाल्यो पनि ।
प्रश्न- किन थाक्नुभयो ?
उत्तर- भागेर ।
प्रश्न- कोसित भाग्नुभयो ?
उत्तर- काँचा ठेट्नाहरूसित ।
प्रश्न- उनीहरू कति थिए ?
उत्तर- उनीहरू पाँच दस थिए ।
प्रश्न- तपाईंहरू कति हुनुहुन्थ्यो ?
उत्तर- हामी हजारौँ लाखौँ, मानवसागर नै ।
प्रश्न- लाखौँको मानवसागर पाँचदससँग किन भाग्नुभयो त ?
उत्तर- उनीहरू पाँचदस हुलका हुल आए, हामी लाखौँ एक्ला एक्लै भाग्यौँ ।

पाँचैका लाठा एउटैमाथि बर्सिंदा त्यसको बातो बस्दो रहेछ । अनि अर्कामाथि खनिँदा रहेछन् । पत्रकारको अझै होस आउन सकेको छैन अरे ।

०००

कपन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x