सुलसुलेप्रज्ञा गजल महोत्सव २०७९ सम्पन्न
सरोज घिमिरेको सहजीकरण, काव्य विभागका प्रमुख प्रा.हेमनाथ पौडेलको अध्यक्षता, कुलपति गंगाप्रसाद उप्रेती प्रमुख आतिथ्यमा प्रज्ञा गजल महोत्सव सम्पन्न भयो ।

काठमाडौं, १२ भदौ, २०७९ । सरोज घिमिरेको सहजीकरण, काव्य विभागका प्रमुख प्रा.हेमनाथ पौडेलको अध्यक्षता, कुलपति गंगाप्रसाद उप्रेती प्रमुख आतिथ्यमा प्रज्ञा गजल महोत्सव सम्पन्न भयो ।
कार्यक्रममा वरिष्ठ गजलशिल्पीहरू विजय सुब्बा, धीरेन्द्र प्रेमर्षि, प्रा.जगतप्रसाद उपाध्याय, नारायण गैरे, लोचन भट्टराई प्रभृति विशेष आमन्त्रित रहनुभएको यो महोत्सव दिउँसो १२ बजेदेखि आरम्भ भएर बेलुका ५.१५ मा समापन भयो । यस महोत्सवमा स्वदेश तथा विदेशमा रहेका नेपाली गजलकारहरूले प्रत्यक्ष र जुममार्फत सहभागी भएर गजलवाचन गर्नुभएको थियो ।
गजलवाचकहरूमा गजकारहरू रूपक अलङ्कार, जीत कार्की, बाबु त्रिपाठी, देवी पन्थी, हरि पराजुली, गोपाल अश्क, भोजराज घिमिरे, स्पन्दन विनोद, रवि प्राञ्जल, कणर् थापा, राधा कँडेल, सविता बराल, रेजिना आपगाई, सुमन स्मारिका, रविना घिमिरे, रामगोपाल आशुतोष, हरि जोशी, सुशीला श्रेष्ठ, पुष्पा धमला, रज्जू बिडारी, सिद्ध नारायण आचार्य, नदी भट्टराई, खोलाघरे साहिंलो, विन्दा पराजुली, शान्ति शर्मा, उर्मिला पन्त पाण्डे, विजय सुब्बा, रामबहादुर पहाडी, धीरेन्द्र प्रेमर्षि, आवृत्ति श्रेष्ठ, सन्तोष श्रेष्ठ, ज्ञानु विद्रोही, आँचल शर्मा लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा कुलपति गंगाप्रसाद उप्रेतीले प्राज्ञ सभाको यो कार्यावधिमा साहित्यका सिर्जनात्मक कार्यक्रमहरूको परम्परा बसाउने र यो गजल महोत्सव जस्तै मुक्तक महोत्सव पनि निकट भविष्यमा गराइने बताउनुभयो । अध्यक्षता गर्नुहुने प्रा. हेमनाथ पौडेलले शालीन सम्बोधन र धन्यवाद मन्तव्यका साथ कार्यक्रमको समापन गर्नुभयो ।
०००
– खोलाघरे साहिँलो
Subscribe
Login
0 Comments
Oldest











































