सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुर्गा ढकालको कविताकृति ‘अक्षरको पराकम्पन’ लोकार्पण

स्रष्टा दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ लाेकार्पण गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह लाेकार्पण भएकाे हाे ।।

Nepal Telecom ad

काठमाडौं, ०७९ भदौ १९ । स्रष्टा दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ लाेकार्पण गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको हो ।

पौडेलको कृति प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका गर्नुभएको थियो । १५ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैमा सुन्दर कार्य रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताए ।

कुलपति गंगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गए पनि मानिसले आफ्नो भूगोल, संस्कार, संस्कृतिको माया गर्ने बताउनु भयो । उहाँले कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका त्यान्द्राहरू कलममा जागृत हुने बताउनु भएको थियो ।

यस्तै साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभइ आफैमा दुस्साहस भएको र लेखिका ढकालले आफ्ना भावना पुस्तककमा पोख्न सकेकोमा खुसी व्यक्त गर्नु भयो ।

सामाजिक अभियन्ता समेत रहनुभएकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने गरेको बताउँदै कविता सजिलै सिर्जना नहुने उल्लेख गर्नु भयो । लेखिका ढकाल विगत १५ वर्षदेखि युकेमा परिवारसहित बस्दै आउनु भएको छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad