सुलसुलेअनुपम सिर्जना प्रतिष्ठान नेपालको ११५ औँ काव्यगोष्ठी
अनुपमको ११५ औं मोतीराम विशेष प्रविधिमैत्री कविगोष्ठी संस्थाका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइटेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि पुरुषोत्तम सिग्देलकाे उपस्थितिमा सम्पन्न ।

भदाै १८, २०७९ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको ११५ औं मोतीराम विशेष प्रविधिमैत्री कविगोष्ठी संस्थाका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइटेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि पुरुषोत्तम सिग्देलज्यू एवं विशिष्ठ आमन्त्रित मणिराज सिंह, समीक्षक वरिष्ठ कवि कलानिधि दाहाल ज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
काठमाडौं उपत्याकाको पश्चिममा रहेको एक मात्र साहित्यिक संस्थामा मोतीराम विशेष कविगोष्ठीमा कविता, गीत, गजल, खोरिया तथा मुक्तक सिर्जनाहरू स्रष्टा स्वयंले वाचन गरे । रचनाहरू देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिकृति बिरुद्ध प्रहार गरिएका थिए ।
सो अवसरमा रचना वाचन गर्ने स्रष्टाहरू क्रमश, पुरुषोत्तम सिग्देल, नरनाथ लुइटेल, कलानिधि दाहाल, डा.बमबहादुर थापा जिताली, मणिराज सिंह, नारायणप्रसाद पोखरेल, दुर्गा सिग्देल,जनार्दन अधिकारी धड्कन, कृष्णदेव रिमाल, बेनीबहादुर थापा, जगदीश्वर पोखरेल, चूडा निर्भीक, लक्ष्मीप्रसाद मिश्र, दुर्गा रिमाल अधिकारी, उर्मिला पन्त पाण्डेय, धनकुटे कान्छा, उमा ओडारी, बिनुबाबा घिमिरे, नुरज भट्राई नदी, तथा टेकबहादुर लौडारी हुनु हुन्थ्यो ।
कार्यक्रमको आरम्भमा संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । प्रमुख आमन्त्रित सिग्देलले गोष्ठीमा वाचित रचना खारिएका थिए भन्नुहुँदै नेपालको साहित्यिक जगत छन्दमय हुँदै गएको भएको छ भन्नु भयो । अनुपमले स्थापित स्रष्टालाई सम्मान र नवोदितलाई प्रोत्साहन गरिरहेको छ । यो सराहनीय काम गरेको छ भन्दै उहाँले मोतीरामकले साहित्यमा दिनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
समीक्षक वरिष्ठ कवि कलानिधि दाहालले निर्भिक भएर वाचन गरिएका सिर्जनाको विस्तृत रूपमा समीक्षा गर्नु भएको थियो । साहित्य समय सापेक्ष हुनुपर्छ । युग बोल्नु पर्दछ । कवितामा कवित्व हुनुपर्छ भन्नु भएको थियो ।
गोष्ठीको अध्यक्षता गरिरहनु भएका लुइटेलले आदरणीय स्रष्टाहरूको गरिमामय उपस्थितिले मोतीराम विशेष प्रविधि मैत्री कविगोष्ठी सफल रहेकोमा सहभागी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै गोष्ठी समापन भएको जानकारी दिनु भयो । संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले कुशलतापूर्वक कार्यक्रमकको संयोजन र सञ्चालन गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोख्रेल
Subscribe
Login
0 Comments
Oldest












































