साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभपुराण

हिँड्दाहिँड्दै हामविक्रमले फेरि भेट्टायो । पुनः दुर्गन्ध आउन सुरु भयो । अब म नाक छोप्न छाडेर उसमाथि प्रश्नको घोचो तेर्साउन थालेँ ।

Nepal Telecom ad

‘बाफ रे बाफ ! के सारो गन्हाएको ! केको दुर्गन्ध हो ?’ नाक थुन्दै मैले हामविक्रमसँग प्रश्न गरेँ । उसले दुर्गन्ध हैन सुगन्ध हो भनेर दाबी गर्‍यो । म मान्न तयार भइनँ । नाक थुनेर बाटो काट्न थालेँ ।

वरपर सडकपेटीका मान्छेले मलाई सुकुलगुन्डो ठहराए । किनभने म मात्रै नाक थुनेर छिःछिः दुर्दुर् गरिरहेको थिएँ । सबैको एकैमुख देखेर म लाजले भुतुक्क भएँ । हामविक्रम भने मुसुमुसु हाँसिरहेको थियो ।

‘यो डम्बरकोटी टोल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट सफासुग्घर ठाउँ हो ।’ एक जना स्थानीयले जोसिँदै फलाके ।
हातमा घोचो लिएर अर्को हुलले लखेट्दै भन्दै थियो; ‘यहाँको प्राकृतिक जीवनशैलीमा औँलो ठड्याउने फिरन्तेलाई चारपाटा मुडेर डाँडा कटाउनुपर्छ ।’

प्रतिकारको भाषा बोल्ने मन हुँदाहुँदै म अन्धाधुन्ध सुइकुच्चा ठोकेँ । किनभने हुलको आँखा हुँदैन भन्ने मलाई भलिभाँती थाहा थियो । दगुर्दादगुर्दै म घुमिफिरी पुनः त्यही गाउँ पुगेँछु । सडक त्यही थियो । सुगन्ध व्याप्त थियो । यस्तो सौम्य गाउँलाई नरक ठान्ने मजस्तो लठुवालाई गाउँलेले लखेट्नु मनासिव ठहर्‍याउन पुगेँ ।

हिँड्दाहिँड्दै हामविक्रमले फेरि भेट्टायो । पुनः दुर्गन्ध आउन सुरु भयो । अब म नाक छोप्न छाडेर उसमाथि प्रश्नको घोचो तेर्साउन थालेँ ।

‘आफूले काम गर्ने साहित्यिक संस्थाको चल सम्पत्तिको एक छेउ मात्र चबाएको थिएँ सम्पादकको पद नै खोसेर सडकछाप बनाइदिए ।’ हामविक्रमले आफ्नो बेइमानी पोको इमानसाथ खोल्दै थप्यो; ‘बदलामा मैले पनि बरबुझारथ नगर्ने निणर्य सुनाइदिएँ ।’

०००
२०७९-०५-१६ सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x