नन्दलाल आचार्यलोभपुराण
हिँड्दाहिँड्दै हामविक्रमले फेरि भेट्टायो । पुनः दुर्गन्ध आउन सुरु भयो । अब म नाक छोप्न छाडेर उसमाथि प्रश्नको घोचो तेर्साउन थालेँ ।

‘बाफ रे बाफ ! के सारो गन्हाएको ! केको दुर्गन्ध हो ?’ नाक थुन्दै मैले हामविक्रमसँग प्रश्न गरेँ । उसले दुर्गन्ध हैन सुगन्ध हो भनेर दाबी गर्यो । म मान्न तयार भइनँ । नाक थुनेर बाटो काट्न थालेँ ।
वरपर सडकपेटीका मान्छेले मलाई सुकुलगुन्डो ठहराए । किनभने म मात्रै नाक थुनेर छिःछिः दुर्दुर् गरिरहेको थिएँ । सबैको एकैमुख देखेर म लाजले भुतुक्क भएँ । हामविक्रम भने मुसुमुसु हाँसिरहेको थियो ।
‘यो डम्बरकोटी टोल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट सफासुग्घर ठाउँ हो ।’ एक जना स्थानीयले जोसिँदै फलाके ।
हातमा घोचो लिएर अर्को हुलले लखेट्दै भन्दै थियो; ‘यहाँको प्राकृतिक जीवनशैलीमा औँलो ठड्याउने फिरन्तेलाई चारपाटा मुडेर डाँडा कटाउनुपर्छ ।’
प्रतिकारको भाषा बोल्ने मन हुँदाहुँदै म अन्धाधुन्ध सुइकुच्चा ठोकेँ । किनभने हुलको आँखा हुँदैन भन्ने मलाई भलिभाँती थाहा थियो । दगुर्दादगुर्दै म घुमिफिरी पुनः त्यही गाउँ पुगेँछु । सडक त्यही थियो । सुगन्ध व्याप्त थियो । यस्तो सौम्य गाउँलाई नरक ठान्ने मजस्तो लठुवालाई गाउँलेले लखेट्नु मनासिव ठहर्याउन पुगेँ ।
हिँड्दाहिँड्दै हामविक्रमले फेरि भेट्टायो । पुनः दुर्गन्ध आउन सुरु भयो । अब म नाक छोप्न छाडेर उसमाथि प्रश्नको घोचो तेर्साउन थालेँ ।
‘आफूले काम गर्ने साहित्यिक संस्थाको चल सम्पत्तिको एक छेउ मात्र चबाएको थिएँ सम्पादकको पद नै खोसेर सडकछाप बनाइदिए ।’ हामविक्रमले आफ्नो बेइमानी पोको इमानसाथ खोल्दै थप्यो; ‘बदलामा मैले पनि बरबुझारथ नगर्ने निणर्य सुनाइदिएँ ।’
०००
२०७९-०५-१६ सिद्धार्थटोल, उदयपुर
Subscribe
Login
0 Comments
Oldest










































