साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंमा शिक्षकका लागि ’शिक्षकको भाषा’ उपहार

’शिक्षकलाई शिक्षाको भाषा’ अभियान अन्तर्गत एक शिक्षक एक पुस्तक उपहार हुनेगरी उनीहरूले सर्जक छवि अनित्यद्वारा लिखित शिक्षकको भाषालाई छनौटमा पारेका हुन् ।

Nepal Telecom ad

हेटौंडा, ९ असोज । मकवानपुरका विभिन्न विद्यालयहरूमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरूले दशैंको विदामा अध्ययनका लागि आफ्ना विद्यालयमा पुस्तक हस्तान्तरण गरेका छन् ।

’शिक्षकलाई शिक्षाको भाषा’ अभियान अन्तर्गत एक शिक्षक एक पुस्तक उपहार हुनेगरी उनीहरूले सर्जक छवि अनित्यद्वारा लिखित शिक्षकको भाषालाई छनौटमा पारेका हुन् ।

अनित्यको यो तेश्रो कृति हो । यसअघि उनले हल्ला र तुइनको बाटो कविता संग्रह प्रकाशित गर्नु भएको थियो ।

२२ वर्षको शिक्षणअनुभव, बेहोरेका समस्याहरू, बालमनोविज्ञानका विषयवस्तु तथा शिक्षक र विद्यार्थीबीचमा आइपरेका विभिन्न समस्याहरूबारे उदाहरणसहित सम्बोधन गर्ने जमर्को गरेका यस कृतिमा यथार्थतालाई व्यक्तिगत आक्षेपविना प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसै कारणले पनि यो शिक्षकहरूमाझ छलफलको विषय बन्न गएको छ ।

मकवानपुरका १० सामुदायिक विद्यालयका ३ सयभन्दा बढी शिक्षकहरू यस अभियानअन्तर्गत समेटिएका छन् । अभियानको प्रारम्भ अरुण भूमिनन्दन सापकोटा र मालती फयलले बंशगोपाल मा.वि. का शिक्षकका लागि उपहारस्वरुप पुस्तक हस्तान्तरण गर्दै भएको थियो । यस अभियानमा पूर्व विद्यार्थीहरूले मकवानपुरका अन्य विद्यालयहरू बालबोध मावि, श्रमिक मावि, लक्ष्मी आवि, जनप्रिय मावि, महेन्द्र मावि, ज्योति मावि आदि छनौट गरेका थिए । यस्तै महेन्द्रकिरण मावि, मनहरी मकवानपुरमा एसएलसी २०५७ व्याचले आइतबार एक समारोहबीच प्रधानाध्यापक शिवबहादुर रिमाललाई संप्रस पौडेलको संयोजनमा पुस्तक हस्तान्तरण गरेको थियो । राष्ट्रिय रोटरी मावि, मनहरी मकवानपुरमा भने विद्यालयले नै पुस्तक खरीद गरी एक शिक्षक एक पुस्तकका रुपमा प्रदान गरिएको प्रधानाध्यापक गोविन्द पौडेलले बताउनु भयो ।

शिक्षकका लागि लेखिएको पुस्तकको माग बढ्दै गएको र दशैंपछि मकवानपुरबाहिर अवस्थित विद्यालयहरूमा पुस्तक हस्तान्तरण गर्न सकिने सर्जक अनित्यले बताउनु भयो ।

असोज १ मा विमोचन गरिएको यस पुस्तक आकृति क्रिएसनले प्रकाशन गरेको । प्रकाशन गृहका राम अविकासले यस पुस्तक चितवन, पोखरा, काठमाण्डौंमा उपलब्ध भैसकेको र अन्य सहरहरूमा माग भैरहेको बताउनु भयो । यस पुस्तकभित्र कूल १३ वटा लेखहरू संग्रह गरिएका छन् ।

०००

– संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x