साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेषराज भट्टराईको ८ औँ हास्यव्यङ्ग्य कृति प्रकाशित

पचासको दशकदेखि हास्यव्यङ्ग्य लेखनमा सक्रिय शेषराज भट्टराईको ८ औँ कृति प्रकाशित भएको छ । ‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ ?’ भट्टराईको आठौँ प्रकाशित कृति हो ।

Nepal Telecom ad

पचासको दशकदेखि हास्यव्यङ्ग्य लेखनमा सक्रिय शेषराज भट्टराईको ८ औँ कृति प्रकाशित भएको छ । ‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ ?’ भट्टराईको आठौँ प्रकाशित कृति हो ।

शेषराजले लेखेका यस अघिका कृतिहरू भन्दा यो पृथक कृतिका रुपमा देखापरेको छ । शेषराज भटटराईको हास्यव्यङ्ग्यकारितामा केन्द्रित ३१ जना लब्धप्रतिष्ठित स्रष्टाहरूका ४५ वटा समीक्षा समालोचनात्मक आलेखहरू यस कृतिमा सङ्कलित छन् ।

हास्यव्यङ्ग्यकार भटटराईका प्रकाशित हास्यव्यङ्ग्य कतिहरूमा आधारित भएर भट्टराईको हास्यव्यङ्ग्य लेखनका प्रवत्ति, विशेषता, योगदान र अभिव्यञ्जन कलाकाबारेमा समीक्षक समालोचकहरूले प्रकाश पारेका छन् । पूर्व प्रकाशित कृतिमा परेका समीक्षात्मक भूमिका, मन्तव्य र विभिन्न पत्रपत्रिकामा छापिएका प्रा.डा. रामचन्द्र लम्साल, प्रा.डा. माधवप्रसाद पोख्रेल, प्रा.डा.नारायणप्रसाद अधिकारी, प्रा.डा. भवानी पाण्डे (भास्कर), प्रा.डा. रविलाल अधिकारी, प्रा. हुमकान्त पाण्डे, डा.हरिप्रसाद सिलवाल, रोचक घिमिरे, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे लगायतका समीक्षा, समालोचनात्मक टिप्पणीहरू यसमा सङ्कलन गरिएको छ ।

शोधार्थी मधु ढुङ्गानाले स्नातकोत्तर तहको उपाधि प्रयोजनका लागि तयार गरेको ‘शेषराज भट्टराईको हास्यव्यङ्ग्य निबन्धकारिता’ शीर्षकको शोधप्रवन्ध पनि यस कृतिमा समावेश छ ।

२०५० सालको पौष २४ गते कान्तिपुर दैनिकको कोसेलीमा ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ नामक पहिलो हास्यव्यङ्ग्य निबन्ध प्रकाशित भएपछि भट्टराई हास्यव्यङ्ग्य लेखनमा निरन्तर लागिरहेका छन् ।

नेपालमा स्तरीय हास्यव्यङ्ग्यकारको सङ्ख्या हातको औँलामा गन्न सकिन्छ । पोखराको हकमा भन्ने हो भने उत्कृष्ट हास्यव्यङ्ग्यकार चूडामणि खनालको देहावसान भैसकेको छ भने विश्व शाक्यको हास्यव्यङ्ग्य लेखन सुस्ताउँदै गएको अवस्थामा शेषराज भट्टराई सक्रिय रहेका छन् ।

हास्यव्यङ्ग्यकार शेषराज भट्टराईका यस अघि प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ (२०५९), ‘जातले पकाएको भात’ (२०६७), ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ (२०६९), ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ (दोस्रो संस्करण) (२०७०), ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’ (२०७१), ‘धर्मको धोक्रो’ (२०७४) ‘पावर अफ पर्स’ (थैलीको तुजुक) (२०७८) हुन् । फित्कौली डटकममा भटटराईका हास्यव्यङ्ग्य रचना नियमित रूपमा प्रकाशित भैरहेका छन् ।

‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ ?’ (२०७९) प्रकाशनको यस अवसरमा फित्कौली डटकम हास्यव्यङ्ग्यकार भट्टराईप्रति हार्दिक शुभकामना र बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x