साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको २४९औँ कार्यक्रम, स्रष्टा ज्ञवाली पुरस्कृत

अभिनव साहित्य समाजको २४९ औँ शृङ्खला सम्पन्न भएको छ । यस कार्यक्रममा प्रा. डा. रामप्रसाद ज्ञवालीलाई हरि-अभिनव विद्वत् प्रतिभा पुरस्कारद्वारा सम्मान अर्पण गरियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ कात्तिक २६ । अभिनव साहित्य समाजको २४९ औँ शृङ्खला सम्पन्न भएको छ । यस कार्यक्रममा प्रा. डा. रामप्रसाद ज्ञवालीलाई हरि-अभिनव विद्वत् प्रतिभा पुरस्कारद्वारा सम्मान अर्पण गरियो ।

यसै कार्यक्रममा सर्वानन्दा सरस्वतीको गीतसङ्ग्रह देशको खबर लोकार्पण भयो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक एवम् प्रकाशक रोचक घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्राज्ञ डा. विष्णु प्रभात विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

अन्य अतिथिहरूमा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, घुम्ती मुक्तक मञ्चका अध्यक्ष निर्मलरमण पराजुली, कपन बानेश्वर साप्ताहिकका सम्पादक निबन्ध आचार्य, नेपाल स्काउटको महिला विभाग प्रमुख सङ्गिता मिश्र, धर्मराज सावित्रीदेवी प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गोपाल बराल आदि हुुनुहुन्थ्यो ।

कार्यक्रम ज्योतिष हरिप्रसाद घिमिरेको तस्बिरमा माल्यापणर् गरेर सुरु गरिएको थियो । चरण चरणमा गरिएको यस कार्यक्रममा पहिले केही कविता वाचन त्यसपछि सम्मान अर्पण र पुस्तक लोकार्पण भएको थियो । कार्यक्रममा प्राज्ञ डा. विष्णु प्रभातले पुरस्कृत व्यक्तिको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसै गरी हरि-अभिनव विद्वत् प्रतिभा पुरस्कारद्वारा सम्मान प्राप्त गर्ने प्रा.डा. रामप्रसाद ज्ञवालीले पिताजीको महानतामाथि प्रकाश पार्दै पिताजीकै विषयको कविता वाचन गर्नुभएको थियो । साथै वहाँले महाकाव्यकार गोविन्द घिमिरे वेदमणिद्वारा आफ्ना पिताजी ज्योतिष हरिप्रसाद घिमिरेका नाममा पुरस्कार स्थापना गरेर महान् कार्य गरेको बताउँदै यो पुरस्कार आफूले प्राप्त गरेकोमा आफू गौरवान्वित भएको र थप कर्तव्य बोध भएको कुरा बताउनु भयो ।

प्रमुख अतिथि रोचक घिमिरेले अभिनव साहित्य समाजले हरेक महिनामा काव्यगोष्ठी र विविध विषयमा पुरस्कारहरू स्थापना गरेर स्तुत्य कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । वेदमणिले पिताजीको नाममा पुरस्कार स्थापना गरेर सबैभन्दा ठुलो श्राद्ध गर्नुभएको समेत वहाँले बताउनुभयो ।

लोकार्पित पुस्तक देशको खबरको समीक्षा भने समाजका सचिव परशुराम पराशरले गर्नुभयो । कार्यक्रमा अच्युत पौडेल चिन्तन, रामचन्द्र दाहाल, निर्मलरमण पराजुली, ओमप्रसाद कोइराला, दुर्गा अधिकारी भमरकोटे, दिव्यलक्ष्मी पोखरेल, गङ्गा पौडेल कर्माचार्य, सम्पत काफ्ले, राजबाबु श्रेष्ठ सागरले कविता वाचन गर्नुभएको थियो भने लोकार्पित पुस्तककी लेखिका सर्वानन्दा सरस्वतीले धन्यवाद तथा आभार व्यक्त गर्दै दुई रचना वाचन गर्नुभयो ।

समाजका कोषाध्यक्ष घनश्याम प्रसाईंको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन शारदा पराजुलीले गर्नुभयो ।

०००

परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x