साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि श्रेष्ठको ‘युगको खोजी’ सार्वजनिक

साहित्य अनुसन्धान परिषद् नेपालको आयोजना र गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।

Nepal Telecom ad

धरान/नेपाली धर्मभिरु समाजमा नारीहरूलाई अन्याय, अत्याचारका विरुद्धमा साहित्य सिर्जना गर्नु पर्ने सुमित्रा वाङ्देल चेलीले बताइन् । अखिल नेपाल लेखक सङ्घ केन्द्रीय उपाध्यक्ष वाङ्देलले कवि जमुना श्रेष्ठको कविता सङ्ग्रह युगको खोजी सार्वजनिक गरेकी छिन् । कवि जमुना श्रेष्ठको कविता सङ्ग्रह युगको खोजी सार्वजनिक तथा चर्चा, सिर्जना वाचन, दशै, तिहार, छठ पर्व २०७९, नेपाली मौलिक सम्वत् नेपाल सम्वत् ११४३, उँधौली पर्व (चासोक तङ्नाम/याखुक्चा कुलु मासामाङ) लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वाङ्देल प्रमुख अतिथि रहेकी थिइन् । उनले आधुनिक युगमा हामी विश्रङ्खलित भईरहेको बताइन् ।

साहित्य अनुसन्धान परिषद् नेपालको आयोजना र गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । प्रमुख अतिथि वाङ्देलले आमाहरूको पालामा दुःख भएपनि अहिले हामीले पनि सुख, सुविधा सही सदुप्रयोग गर्न नसकेको बताइन् । उनले हामीले साहित्य सिर्जना गर्दा समाजलाई केही दिन सक्र्ने सिर्जना गर्नु पर्ने बताइन् । उनले अश्लिलतालाई छोडेर उन्नति, प्रगतिको लागि हामीले लेख्नु पर्ने बताइन् । उनले सार्वजनिक श्रेष्ठको युगको खोजी कविता सङ्ग्र्रह माक्र्सवादी कविता सङ्ग्र्रह भएको र वैज्ञानिक समाजवादको निर्माण गर्न सशक्त आवाज उठाएको बताइन् ।

कार्यक्रममा विशेष अतिथि भाषविद प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पत्रकार साहित्यकार हुन सक्ने तर साहित्याकारलाई पत्रकार हुन गाहे हुने बताए । भाषा, शब्दसँग पत्रकार खेल्ने भएकाले पत्रकारलाई साहित्य सिर्जना गर्न सजिलो हुने पनि चर्चा गरे । उनले उनले कवि श्रेष्ठको युगको खोजी कविता सङ्ग्रहमा अन्तिम सूर्य उदाउनु पर्छ भन्ने सन्देश बोकेको बताए । उनले अहिलेको गलत राजनीतिको असन्तुष्टिले नै यो अवश्था आएको दाबी गरेका छन् । उनले भने “कृतिले वेथितिबारे बोल्छ, नयाँ युगको खोजी गर्दछ ।”

अग्रज कवि वम देवानले युगको खोजी कविता सङ्ग्रहको चर्चा गदै यो अश्लिल समाजको ठाउँमा वैज्ञानिक समाजवाद ल्याउनु पर्ने सन्देश दिएको बताए । उनले यो समाजमा विभिन्न विभेद रहेकाले विभेद विरुद्ध लडन आव्हान गरेको समेत बताए । सङ्ग्रहले वैज्ञानिक समाजवादी व्यवस्थामा जोड दिएको बताए । सङ्ग्रहको चर्चा गदै प्रगतिशील लेखक संघ एक नम्बर प्रदेश समिति अध्यक्ष तिला लेकालीले कविता प्रकाशन गर्न धेरै खर्च हुने तर विक्री नहुने समस्या रहेको बताइन् । उनले युगको खोजी कविता सङ्ग्रहमा चाख लाग्दा शीर्षक राखेर कविता सिर्जना गरेको बताइन् । कविता अप्ठायारो साहित्य विधा भए पनि युगको खोजीमा कविले सरल, छोटो र मिठापूणर् तरिकाले रचना गरेको बताइन् । कविताहरू सुन्दर, सशक्त रहेको बताइन् । उनले उनले राजनीतिक गद्दारका विरुद्ध पनि सशक्त आवाज उठाएको बताइन् ।

कार्यक्रमा डा. रमेश इजम लिम्बूले उघौली पर्वको चर्चा गरे । उनले अन्नबाली पाक्ने समय भएकाले मङ्सिर १ गते नै उघौली पर्व मनाउन उपर्युक्त हुने तर्क पेश गरे । अर्का बक्ता नेवाः देय दबू धरानका अध्यक्ष मनोहर शाक्यले नेपाल सम्वत् नेपाली मौलिक सम्व्त् भएको चर्चा गरे । उनले नेपाल सम्वत् जनताको दुःख, पिडा मोचन गरेर यही धर्तीमा सिर्जना भएर हुर्किएको मौलिक सम्वत् भएको समेत दाबी गरे । कवि लता कार्कीले कवि जनुना श्रेष्ठको चर्चा गदै कृति मूल्य तिरेर पढने बानी बसाल्नु पर्ने बताइन् । उनले कवि श्रेष्ठका जीवन सङ्घर्षका क्षणहरूको चर्चा गरिन् ।

कार्यक्रममा माधव गोज्याङ्ग्रे पोखरेल, श्रेष्ठ परिक्रमा, होमबहादुर देवान, हर्कराज चर्मकार, गोपाल मंगाती, सविता राई, सुधिर के.सी., मनि राई गोठाले, हेन्सन याख्खा लगायतले कविता वाचन गरेका थिए । साहित्य अनुसन्धान परिषद नेपालका अध्यक्ष केशव वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा किरात देवान समाजका केन्द्रीय अध्यक्ष गणेशकुमार देवान, कोषाध्यक्ष मनप्रसाद देवान, मोती संस्मरण समिति उपाध्यक्ष अम्बिका शाक्य, लक्ष्मी वाचनालय धरान अध्यक्ष पुष्पराज ढकाल, लगायतको आथित्य रहेको थियो ।

कार्यक्रम महासचिव डा. खेमराज खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा कलाकारहरू सन्ध्या कालिकोटे र सलिना कालिकोटेलाई प्रशंसा-पत्र प्रदान गरिएको छ । स्नाकोत्तर तह(एम एड, नेपाली) शैक्षिक सत्र २०७३/०७४ मा भर्ना भई जनता बहुमुखी क्याम्पस इटहरीबाट प्रबोध साप्ताहिक पत्रिकाको सम्पादकीयमा प्रयुक्त भाषाको अध्ययन बिषयमा अनुसन्धानात्मक कार्य गरी स्नाकोत्तर तह उत्तीणर् गर्ने धरान-१७, सुनसरीेकी मनिषा ठकुरीलाई कदर-पत्र प्रदान गरिएको छ । धरान-१२ मा रहेको होटल स्टार पूर्वीमा आयोजित कार्यक्रममा ५ दर्जन बढी विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।

०००
– माधव गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x