साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूपू सांसदको वक-पत्र !

नीति हेरियो ! न नैतिकताको कुरा गरियो ! जे भनियो, जे गरियो ! छल कपटै गरियो ! न वरत्र हेरियो ! न परत्र सोचियो ! जे जस्तो गरियो आफ्नै लागि गरियो !

Nepal Telecom ad

सांसद भएर ठिकै गरियो !

देश स्मार्ट बनाउने योजना फेल खाए पनि,
आफ्नै घरपरिवारलाई भने स्मार्ट बनाईयो !
बाहिर सुशासनका कुरा गरे पनि
भित्र भित्र आफैले पोको परियो !
धेरै नसकिए पनि !
केही करोडको सम्पत्ति जोडियो !

सांसद भएर ठिकै गरियो !

सरकारी जग्गा छोरीको नाउँमा दर्ता गरियो !
खाने पानीको योजना बेचेर
घडेरी पनि किनियो !
बरालिएको छोरालाई ठेकेदार बनाइयो !
मोज गरियो !
पैसा कमाइयो !

सांसद भएर ठिकै गरियो !
पैसा पेलेरै नेताको मन जितियो,
दलको माथिल्लै पद हात पारियो !
विकासको कागजी घोडा खुब कुदाइयो !
आफ्नै भकारी भरियो !

सांसद भएर राम्रै गरियो !
डाँडाका टुप्पामा भ्यु टावर बनाएर कीर्तिमान राखियो !
भ्रष्टाचारी र तस्करहरूसँगको,
मित्रताले सुनको लङ्का बनाईयो !
बिरोधीहरूलाई गुण्डा लगाएर,
तह लगाइयो !
रामराज्य खडा गरियो !

सांसद भएर ठिकै गरियो !
भोक, रोगले जनता मरे पनि,
कमिसन खान छोडिएन !
न नीति हेरियो !
न नैतिकताको कुरा गरियो !
जे भनियो, जे गरियो !
छल कपटै गरियो !
न वरत्र हेरियो !
न परत्र सोचियो !
जे जस्तो गरियो
आफ्नै लागि गरियो !

०००
हालः चाँदी बजार, धनकुटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x