सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूपू सांसदको वक-पत्र !

नीति हेरियो ! न नैतिकताको कुरा गरियो ! जे भनियो, जे गरियो ! छल कपटै गरियो ! न वरत्र हेरियो ! न परत्र सोचियो ! जे जस्तो गरियो आफ्नै लागि गरियो !

Nepal Telecom ad

सांसद भएर ठिकै गरियो !

देश स्मार्ट बनाउने योजना फेल खाए पनि,
आफ्नै घरपरिवारलाई भने स्मार्ट बनाईयो !
बाहिर सुशासनका कुरा गरे पनि
भित्र भित्र आफैले पोको परियो !
धेरै नसकिए पनि !
केही करोडको सम्पत्ति जोडियो !

सांसद भएर ठिकै गरियो !

सरकारी जग्गा छोरीको नाउँमा दर्ता गरियो !
खाने पानीको योजना बेचेर
घडेरी पनि किनियो !
बरालिएको छोरालाई ठेकेदार बनाइयो !
मोज गरियो !
पैसा कमाइयो !

सांसद भएर ठिकै गरियो !
पैसा पेलेरै नेताको मन जितियो,
दलको माथिल्लै पद हात पारियो !
विकासको कागजी घोडा खुब कुदाइयो !
आफ्नै भकारी भरियो !

सांसद भएर राम्रै गरियो !
डाँडाका टुप्पामा भ्यु टावर बनाएर कीर्तिमान राखियो !
भ्रष्टाचारी र तस्करहरूसँगको,
मित्रताले सुनको लङ्का बनाईयो !
बिरोधीहरूलाई गुण्डा लगाएर,
तह लगाइयो !
रामराज्य खडा गरियो !

सांसद भएर ठिकै गरियो !
भोक, रोगले जनता मरे पनि,
कमिसन खान छोडिएन !
न नीति हेरियो !
न नैतिकताको कुरा गरियो !
जे भनियो, जे गरियो !
छल कपटै गरियो !
न वरत्र हेरियो !
न परत्र सोचियो !
जे जस्तो गरियो
आफ्नै लागि गरियो !

०००
हालः चाँदी बजार, धनकुटा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
आऊ आजै रमाऊँ !

आऊ आजै रमाऊँ !

सुभाषचन्द्र देवकाेटा
शहीदको टुहुरो सपना

शहीदको टुहुरो सपना

सुभाषचन्द्र देवकाेटा
गरिबको दिन आयो भन्छन्

गरिबको दिन आयो भन्छन्

सुभाषचन्द्र देवकाेटा
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला