साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कागै त हुन् जति दिए पनि रत्तिँदैनन्

यी जान्दछन् लिन दिनेतिर नाम छैन यी बोल्दछन् तर सुनौँतिर चित्त छैन लिन्छन् लिए पनि कै गुन गाउँदैनन् कागै त हुन् जति दिए पनि रत्तिँदैनन्।

Nepal Telecom ad

राम्रो न ता छ अनुहार न बोल राम्रो
बेहोर हेर्छु घिन लाग्छ छ चाल दाम्रो
फोहोर के सुघर के न विचार गर्छन्
फोहोरमै कि त सिनोतिर मात्र चर्छन् ।।

आवाज कर्कश छ सुने पनि दिक्क लाग्ने
चुच्चो कडा विकृत दुष्कृत जाइ लाग्ने
मायाँ गरे पनि कुनै दिन हुन्न आफ्नो
हेर्ने सदैव कसरी हित हुन्छ आफ्नो ।।

फोहोर बोक्तछ र धुम्छ सबै चहारी
राम्रो सफा स्थल खसाल्छ यसै लतारी
जस्तै भने पनि उही गरिराख्छ का का
जान्दैन भन्न कहिल्यै र कतै ल ला खा ।।

आफूहरू सब मिलेर बथान बस्छन्
मौका ढुकेर वहुमूल्य मिठाइ खोस्छन्
के गर्नु पर्छ कहिल्यै सुधि आउँदैन
के गर्नु हुन्न यसको परवाह छैन।।

यी जान्दछन् लिन दिनेतिर नाम छैन
यी बोल्दछन् तर सुनौँतिर चित्त छैन
लिन्छन् लिए पनि कै गुन गाउँदैनन्
कागै त हुन् जति दिए पनि रत्तिँदैनन्।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x