सुलसुलेचन्द्रागिरिको १३० औं श्रृङ्खलामा गजल र चारु विशेष
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३० औं श्रृङ्खला बहर गजल र चारु विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

काठमाडौं, २०७९, मङ्सिर १४ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३० औं श्रृङ्खला बहर गजल र चारु विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं चारु प्रवर्तक डा. देवी पन्थीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा डा.पन्थीले चारु राग/विरागको स्पष्ट सिद्धान्त प्रस्तुत गर्नुहुँदै बहरमा लेखिएको गजल र बेबहरमा लेखिएका सबै चारु हुन्, राष्ट्रियता, सत्य, प्रेम आदि राग र विकृति र विसंगति विषय भावमा लेखिने विराग हुन् भन्दै गजल नेपाल भित्रिएको १३८ वर्ष भएको र अब २० वर्षमा लेखन स्पष्ट खारिनेछ भन्ने आशा गरेको बताउनु भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानले विधागत रुपमा आज चारु स्थान दिएकोमा खुशी व्यक्त गर्नुहुँदै जुन विधा तोकिएको छ त्यही विधाको रचना लिएर आउनु अनुशासन हो भन्नु भयो ।
विशिष्ठ अतिथि कलानिधि दाहाल, गंगा लिगलले प्रतिष्ठानको नियमित कार्यक्रमप्रति खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु हुँदै रचना वाचन गर्नु भयो ।
सीता पाण्डेको कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरु क्रमशः आर्त अकुलिन, लक्ष्मीप्रसाद मिश्र, अनुराधा थापा, टेकबहादुर लौडारी, संगीता ठाकुर, सविता केसी, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, उर्मिला पन्त, चूडा निर्भिक, महेश खरेल, सोम लुईटेल, तारा कार्की घिमिरे, जानुका थापा, विनुबाबा घिमिरे, प्रेम थापा लगायत २१ जना सर्जकहरूले आ-आफ्ना चारु वाचन गर्नु भयो ।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत खोरिया लेखनमा अभ्यास गरिरहनु भएकोमा खुसी एबं गर्व लागेको छ भन्नुहुँदै प्रमुख अतिथि, विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गरि आफ्नो रचना चारु वाचनका साथ कार्यक्रम समापनको घोषणा गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































