साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार अर्पण

रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले ५० हजार रुपैयाँ राशिको पुरस्कार ग्वांगलाई प्रदान गरेको हो ।

Nepal Telecom ad

काठमाडौं । २०७९ पुस २ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ ।

पुरस्कारको राशी नगद ५० हजार रुपैया रहेको छ । यसरी नै २० हजार रुपैया राशीको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निशुल्क सद्गति गरी समाजसेवा गर्दै आउनुभएका सपना रोका मगरलाई प्रदान गरियो ।

रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरियो ।

रमेश विकल कला—संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपैया रहेको छ ।

२० हजार राशीको चन्द्रशेखर-रमेश विकल शोध सम्मान गोरखाका रमेश पोखरेललाई रमेश विकलकका उपन्यासमा प्रतिनिधित्व, पहिचान र प्रतरोध विषयमा दर्शनाचार्य (एमफिल) गरे वापत प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

१४ औं विकल स्मृति दिवसको अवसरमा शनिवार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसले उद्घाटन गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर  नगरपालिकाका मेयर दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गर्नु भएको हो ।

सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोकार्पण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाल लगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

०००
– निर्मल अर्याल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x