साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात सर्जकलाई अक्षरमार्गको सम्मान

अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरूलाई सम्मान गरिएको हो ।

Nepal Telecom ad

पनौती, काभ्रे । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ ।

अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरूलाई सम्मान गरिएको हो ।

काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा इतिहासविद् हरिराम जोशीलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, समालोचक तथा साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । साथै इतिहासकार प्रा डा.पुरुषोत्तमलोचन श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान’ समर्पण गरिएको छ ।

यसैगरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार नरेशवीर शाक्य सम्मानित हुनुभयो । साहित्यकार डा. गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने साहित्यकार विजय ध्वज थापालाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार रामसुन्दर देउजा सम्मानित हुनुभएको छ ।

सम्मानित प्रतिभाहरूका बारे वरिष्ठ साहित्यकार मोहन दुवालज्यूले प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानित प्रतिभाहरूलाई दोसल्ला, सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण, रविन्द्र आशिष शैली, ध्रुब कृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरूलाई माला, टीका , मायाको चिनो तथा नगद प्रदान भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्यले अक्षरमार्गको असल कर्मले सबैलाई असल काम गर्न प्रेरित गरेको बताउनुभयो । त्यस्तै सम्मानित स्रष्टा हरिराम जोशीज्यूले संस्कृति मानिसको पहिचान भएको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, डा गार्गी शर्मा, नरेशवीर शाक्य, विजयध्वज थापा, सूर्य लाकोजू, विजय कर्माचार्य, तारा केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा दुईवटा पुस्तक पनि लोर्कापण गरिएको थियो । सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका केही जात्रापर्वहरू’ र ‘कवितामा समवेत स्वरहरू’ नामक कविता सङ्ग्रहको पनि लोकार्पण भएको छ ।

प्राचीन थलो पनौतीको जात्रापर्वहरूलाई अक्षरमा लिपिबध्द गरेर तयार पारिएको पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको छ । सो पुस्तकका बारेमा इतिहासकार तथा संस्कृतिविद प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले बोल्नुभएको थियो । त्यस्तै कवितामा समवेत स्वरहरू कविता सङ्ग्रहमा नेपाल सहित अन्य देशका कविहरूका कविता सङ्गृहित छन् । सो पुस्तकको टिप्पणी प्रा.डा. शैलेन्दुप्रकाश नेपालले गर्नुभएको थियो ।

०००
स्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x