साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३५ औं श्रृङ्खला

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का केन्द्रिय अध्यक्ष गोवर्धन पूजाको प्रमुख आतिथ्यमा चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे १३५ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गोष्ठी सम्पन्न भएकाे छ ।

Nepal Telecom ad

काठमाडौं,२०७९ पुष २० । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३५ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का केन्द्रिय अध्यक्ष गोवर्धन पूजाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोवर्धन पूजाले मेरो दिनको शुरुवात आज साहित्यबाट गर्न पाएँ ।नेपाली भाषा साहित्यको संरक्षण र विकासमा चन्द्रागिरि साहित्य त्यसमा पनि जनार्दन धड्कनको ठूलो योगदान छ । आज यो कार्यक्रममा भेट्दा स्नातकोत्तर नेपाली साहित्यमा धड्कनजीसँगै त्रिचन्द्र कलेजमा पढेको सम्झना गरायो । खोरिया प्रवर्तन गर्नु भएको नयाँ विधा, अनि आज उदक, सुसेली,कोपिला, कविता, गजल, सबै विधाका सिर्जना सुन्दर रुपमा प्रस्तुत भए भन्नुहुँदै कतिपय अनेसासको कार्यक्रम पनि चन्द्रागिरिसँग सहकार्य गरेर गर्न सकिने भन्नु भन्नुहुँदै आफ्नो गजल रचना सुनाउनु भयो । उहाँले चन्द्रागिरिको हरेक हप्ताको कार्यक्रमले धेरै नयाँ स्रष्टाले अवसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेको प्रष्ट छ भन्नु भयो ।

विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको कार्यक्रम नियमित चलिरहेकोमा खुशी लागेको र यो सस्थाले धेरै नयाँ स्रष्टाहरूलाई विभिन्न विधाहरूमा परिष्कृत गराइरहेको छ भने अर्कोतर्फ विश्वभरका स्रष्टालाई एउटै छातामुनि जोडेर रचनात्मक आदानप्रदान गराइरहेको छ भन्नु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहाल, डा देवी पन्थी र सुनिता राईले चसाप्रनेको नियमित कार्यक्रमको प्रशंसा गर्दै शुभकामना दिनुहुँदै आफ्नो रचना सुनाउनु भयो ।

चूडा निर्भिकको कुशल उद्घघोषणमा भएको काव्य गोष्ठीमा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमश आर्त अकुलिन, उत्तम भेटवाल, सीता पाण्डे, अनुराधा थापा, द्वारिका कुईंकेल, चन्द्रावती अधिकारी, देवीप्रसाद मिश्र, शारदा आचार्य, चन्द्रा न्यौपाने, सुरेश घिमिरे, घनश्याम पौडेल, तारा घिमिरे, सरस्वती श्रेष्ठ, हरि शर्मा पंगेनी, गोम बिक्रम, सुनिता राई, कृष्णप्रसाद पौडेल, सुशिला पौडेल, दिनानाथ पोखरेल, रेणु घिमिरे लगायत २७ जना सर्जकहरूले आ-आफ्ना रचना कविता, खोरिया, सुसेली, उदक, गजल आदि वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा प्रष्ट पार्नु हुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार लेखन अभ्यास गरिरहनु भएको बताउँदै नियमित समय दिएर जोडिनु भएकोले नै आयोजकले खुशी ग्रहण गर्न पाएका हौं भन्नु भयो ।

नेपाली भाषा साहित्यको सेवा र अनेसास अध्यक्ष हुनुभएकोमा बधाईका साथ खोरियाश्री साहित्य सेवा सम्मानद्वारा गोवर्धनज्यूमा सम्मान पत्र प्रदान गर्नुहुँदै प्रमुख अतिथि विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गर्दै खोरिया र छन्द मुक्त कविता सुनाएर कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००
– धड्कन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x