साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती वृद्ध वृद्धाहरू

आफ्नाको ममता बडा सरसिलो पीयूष जस्तो भला, आर्काले जति नै दिए पनि हरे ती गाँस लाग्छन् गला, हाँसोमा मिसिएर झर्दछ सधैँ झन् आँसु तातो अरू, छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।

Nepal Telecom ad

न्यानो वस्त्र कतै हुँदैन गतिलो खाना न तातो मिठो
त्यो भन्दा घरको महौषध थियो खोलेर फाँडो पिठो
होला मानिसको सदा मन खुसी खाएर बस्दा करु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।१

सिर्जेको पहिले कडा श्रम गरी प्यारो गृहस्थी थियो
त्यो बेला मन खास स्वर्गसुखको सानन्दमा पौडियो
सारा जीवन उत्तरार्धतिरको बन्दा उजाडै मरु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।२

माया प्रेम र मान शान नमिली साह्रै बनी ताडित
निस्के जो घरबाट हेलित बनी छोरा बुहारीसित
खाएको हिउँले उँचा शिखरको जस्तै सुकेको तरु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।३

खानामा न छ पोषणादि गतिलो मिष्ठान्न चोखो रती
मिल्ने रोग शरीर माफिक हरे छैनन् मिले जे जति
होला मानव झुम्पडा बिच खुसी खाएर बस्दा करु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।४

आफ्नाको ममता बडा सरसिलो पीयूष जस्तो भला
आर्काले जति नै दिए पनि हरे ती गाँस लाग्छन् गला
हाँसोमा मिसिएर झर्दछ सधैँ झन् आँसु तातो अरू
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x