सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अविरल यात्रा-७५ मा कवि प्रशान्त खरेलका कविता गुञ्जिए

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा विद्वान प्रा.केशव सुवेदी उपस्थित हुनुहुन्थ्यो भने कविनायककी आमा दिवाकुमारी खरेल ।

Nepal Telecom ad

काठमाडौं, ०७९ माघ १४ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७५ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा विद्वान प्रा.केशव सुवेदी उपस्थित हुनुहुन्थ्यो भने कविनायककी आमा दिवाकुमारी खरेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.षडानन्द पौड्याल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, डा.विन्दु शर्मा, डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत र महासचिव अमृत खाती, प्राज्ञ नन्दु उप्रेती, चतुर्भुज केबरत, गायक सुशन साम्सुहाङ, खेमराज निरौला अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक प्रशान्त खरेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई यो विशेष समारोहमा ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले प्राविधिक साहित्यकारलाई उपस्थित गराएका छौँ । माता दीवाकुमारी खरेल र पिता वेदप्रसाद खरेलका कान्छो सन्तानका रूपमा झापा जिल्लाको गौरादह नगरपालिका वडा नं.४ मा जन्मिएका ताराप्रसाद खरेलले साहित्यमा प्रशान्त खरेलका नामबाट कलम चलाएका, हाल गोकणर्ेश्वरमा बसोवास गरिरहेका र नेपाल प्रशासनिक प्रतिष्ठानमा सेवारत प्रशान्त खरेलले एम.एस्सी., एम.पी.ए., एलएलबी उत्तीणर् गर्नुका साथै २०५० सालदेखि नेपाली साहित्यको साधनामा सक्रिय रहेर विशेषगरी प्रगतिशील साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणको चहनासमेत आफ्ना सिर्जनामा सशक्तढङ्गले सम्प्रेषण गरेका छन् । साहित्य सन्ध्याको कार्यसमिति सदस्यका रूपमा, प्रगतिशील लेखक सङ्घमा क्रियाशील खरेल सरलताभित्रै बौद्धिकतासहितको गम्भीर भाव सम्प्रेषण गर्ने स्रष्टा हुनुका साथै कार्यालयको कर्तव्यनिष्ठ कर्मचारी पनि भएकाले २०७८ सालमा उत्कृष्ट कर्मचारीको पुरस्कारसमेत उनले प्राप्त गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाइरहेका उनको २०७८ सालमा ‘आगोका फिलुङ्गाहरू’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ भन्नेसमेतको जानकारीमूलक धारणा व्यक्त गर्नुभयो ।

समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका, प्रविधिको प्रयोगका माध्यमबाट हाम्रा गतिविधिलाई संसारभर पुर्याउने काम गरिरहेका अत्यन्त सक्रिय एवम् लगनशील स्रष्टा प्रशान्त खरेललाई प्रस्तुत गरिएको धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।

कविनायक प्रशान्त खरेलले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । ‘कर्ममय जीवन बाँच्नुपर्छ’ भन्ने मेरी आमाको प्रेरणा र बुबाको ‘सङ्घर्षपूणर् जीवनशैली’बाट अनि स्थापित साहित्यकार काका रुद्र खरेलको प्रेरणाबाट म साहित्यलेखनमा प्रवेश गरेको हुँ । समाजले सीमान्तीकृत गरेका मान्छेका, भुइँमान्छेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि, देशले भोगेको युवापलायनको समस्याले देश वृद्धाश्रम भएको पीडा देखेपछि, क्रान्तिको नाममा भ्रान्ति फैलाएर अनाहकमा जीवनको समाप्तिको पीडा देखेपछि ती सबैको प्रकटीकरणको माध्यम साहित्यलाई बनाएको धारणासहित कविताको रचनागर्भको पनि जानकारी गराउँदै ‘मध्याह्नको कुहिरो, जुगल, रामकुमार र निनीआमै’, ‘महाशय म देश बेचेर देश खोजिरहेको छु’, ‘पल्टिएन शकुनीको पासा’, ‘यसपटक पनि समय सन्त्रस्त छ’, ‘कोलम्बससँगै हराएको सपना’, ‘प्रतीक्षा बलवान् समयको’, ‘आगाका फिलुङ्गाहरू टेकिरहेछु’, ‘नखोतल हर्कुलसको चिहान’ शीर्षकका अत्यन्त सशक्त वैचारिकता समप्रेषण गरिएका सुन्दर एवम् कलात्मक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू डम्बर पहाडी ‘एलाक’ले म र मेरा कठपुतलीहरू’ शीर्षकको र ‘शालिग्राम, बुढासुब्बा र लिगलिगे रमितेहरू’ शीर्षकको कविता वाचन गर्नुभयो भने अर्का सहयोगी कवि रमेश पोखरेलले ‘रोकिदैन विभीषण कुटनीति’ शीर्षकको र ‘श्रद्धाञ्जली बालसखालाई’ शीर्षकको त्यस्तै सशक्त कविता वाचन गर्नुभयो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अथिति प्रा.केशव सुवेदीले अविरल जनसाहित्य यात्राको यो अभियान ७५ औँ शृङ्खलामा पुगेको आजको यो शृङ्खला चाहिँ थप विशेष रहेको छ । यो शृङ्खलाको उद्देश्य वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि रहेको छ । आजका कविनायक प्रशान्त खरेलको अढाइ दशकको साधनायात्रा रहेको छ । कवितामा कविले वाक्यात्मक ढाँचाको शर्षिकीकरण गरेका छन् । श्रमसाध्य जीवननिर्वाहमा कठिनता भोग्नेका पीडा कवितामा उजागर गरिएको छ । दुर्गन्धव्याप्त सहरको चित्रण कविताले गरेका छन् तर उनका कविता मनले मात्र होइन दिमाग लगाएर पढ्नुपर्ने आवश्यकता देखिन्छ । राजनीतिक सत्ताका लिगलिगे दौडका भद्दा शैलीलाई कविताले बडो सुन्दरढङ्गले उजागर गरेका छन् । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय दूरावस्थाको सङ्केत पनि कविताले गरेका छन् । क्रान्तिका नाममा भ्रान्ति छरिएको वा कथित क्रान्ति भ्रान्तिमा परिणत भएको अनि त्यो भ्रान्तिमा परेर अनाहकमा ज्यान गुमाउनेका प्रति कवितामा श्रद्धाभाव व्यक्त गरिएको छ । कवितामा अविचल आस्था, समर्पण र सशक्त व्यङ्ग्य सम्प्रेषण गरिएको छ । रैथाने क्रान्तिवीर र शकुनीजस्ता विम्बका माध्यमबाट वर्तमान नेपाली राजनीतिक वस्तुस्थितिप्रति अभिव्यञ्चनात्मक आक्रोश व्यक्त गरिएको छ ।

देशप्रेमको सशक्त अभिव्यक्तिसहित युवापलायन, अवसरहीनता, असान्दर्भिक सम्झौता गर्ने र देश बेच्ने प्रवृत्तिको तीब्र विरोध गरिएको छ । भ्रमपूणर् राजनीतिले सन्त्रस्त पारेको यथार्थ पनि कवितामा उजागर गरिएको छ । नेपाली समाजका सपना हराएका वा पूरा नभएकामा चिन्ता जाहेर गरिएको छ । खरानी बेच्न हिँडेका हटारुले मुलुकको अस्मितासमेत खतरामा परेको निष्कर्षसहित राष्ट्ररक्षाका लागि बलवान् समयको प्रतीक्षा कवितामा गरिएको छ । आजका मान्छेले गरेका सङ्घर्ष एवम् वैयक्तिक जीवनका रहर पूरा हुने अपेक्षा वा आशावादिता पनि कवितामा सशक्तढङ्गले सम्प्रेषित भएको पाइन्छ । इमानको अभिव्यक्तिलाई ट्वाक्क भन्नसक्ने क्षमता कविमा रहेको छ । स्रष्टा शिल्पी हो, उसले भाव र भाषाको सुन्दर संयोजन गर्दछ । आजका कविको सामथ्र्य र क्षमता बेजोड छ त्यसैले सङ्क्षेपमा र बोझिलो नपारी कविता सिर्जना गर्नेतर्फ कविको ध्यान जानु उपयुक्त हुन्छ । विम्बात्मक र प्रतीकात्मक शब्दको प्रयोग कवितामा गर्नु उपयुक्त हुन्छ । आज वाचित कविताले पाठकका तहमा थोरै बौद्धिक चुनौती चाहिँ थपिदिएका छन् । समाज बुझेको, राजनीति बुझेको, बौद्धिक कविता लेख्ने स्रष्टाको विचार स्पष्ट र सशक्त छ । अझ सरलतायुक्त परिष्कृतितर्फ कविको सिर्जनायात्रा लम्कनसकोस् । समग्रमा आजको यो शृङ्खला निकै उत्कृष्ट र सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर, चोटिला कविता सुन्ने अवसर प्राप्त भएको छ । आज अत्यन्त सक्रिय स्रष्टाका सामाजिक रूपान्तरणको चेतनाले भरिएका कविता वाचित भएका छन् र वाचित कवितामाथि मसिनोढङ्गले विद्वान व्यक्तित्वबाट समीक्षासमेत भएको छ । कविताले व्यक्ति, समाज र परिवेशको सुन्दर चित्र खिचेका छन् । सँगसँगै सामाजिक बेथितिका प्रति प्रतिवाद गर्ने र सामाजिक न्याय र रूपान्तरणको आग्रह कविताले गरेका छन् भन्नुहुँदै यो शृङ्खला निरन्तर रहोस्, थप गतिशील र धारिलो बनोस् भन्ने आग्रह गर्नुभयो ।

विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका साथै बोद्धिकतासमेतका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने प्रशान्त खरेलले आफ्ना सिर्जनामा जनजीवनका सम्पूणर् भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको जीवन्त चित्रण गरेका छन् ।

पेसाले कम्पुटर इन्जिनियर रहेका बौद्धिक स्रष्टा जो साहित्य सन्ध्या र अविरल जनसाहित्य यात्राका शृङ्खलालाई संसारभर पुर्याइदिने प्रविधिविज्ञ पनि हुन् । आफैँ वेभसाइट चलाउने, साहित्य सन्ध्याका लागि वेभसाइट बनाइदिने, सम्पादनको कामसमेत गर्ने, आफ्ना सिर्जनालाई ध्वन्यान्त्मक एवम् प्रतीकात्मक पार्ने, आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्त सक्रिय, गुणग्राही, आपूmले जानेका कुरा अरूलाई सिकाउने र स्रष्टाले प्रविधिमैत्री हुनुपर्दछ भन्ने मान्यता राख्ने प्रखर स्रष्टाका बारेमा हामीले सुन्यौ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ ।

अर्को महिनामा ७६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएकी १ नं. प्रदेशकी स्रष्टा मीना श्रेष्ठलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad