साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पाखे भएकी छु

चौबन्दी चोलो र फरियामा सजिएको मेरो स्वरूपलाई सजाउन पाएकी छैन मैले टिसर्ट र मिनी स्कर्टमा आज आफ्नै दौंतरीहरूको बीचमा पनि म ’खेपा’ भएकी छु ।

Nepal Telecom ad

परिवर्तनको पिङमा मच्चिरहेका छन् मच्चिनेहरू
आफू त आफ्नै संस्कृतिमा रमाउँदा
फुर्सद छैन कुनै लट्ठा समाउन पनि
त्यसैले म पाखे भएकी छु ।

भुलेकी छैन कुनै डिस्को डान्सको रमाइलोमा
हेरेकी छैन अहिलेसम्म सिरियलका सिरियलहरू
के सुनाउने नदेखेका फिल्मका कहानीहरू ?
कहिलेकाहीं रामायणका श्लोकहरूमा गुनगुनाउँदा
सुनाउँछन् अरूहरू मलाई
म पाखे भएकी छु ।

पुर्खादेखि भन्दै आएको बाबा-आमालाई
अप्ठ्यारो लाग्छ ड्याड् ममले सम्बोधन गर्न
आउनुहोस् जानुहोस्
आदरार्थी नै मनपर्छ
जानेकी छैन मैले
आइस्यो र गइस्योले लोकाचार पार्न
साँच्चै हो
म पाखे भएकी छु ।

सहपाठी सँगिनीहरूसँग
रमाउने मेरो आचरण
एकपटक घुम्न निस्कँदा पनि
घुम्छु, डुल्छु सधैँ उनीहरूसँगै
बनेका छैनन् कुनै गर्ल फ्रेन्ड र बोई फ्रेन्डहरू
वर्षैदिनको हाटबजारमा
म आज एक्लै भएकी छु
म पाखे भएकी छु ।

चौबन्दी चोलो र फरियामा
सजिएको मेरो स्वरूपलाई
सजाउन पाएकी छैन मैले
टिसर्ट र मिनी स्कर्टमा
आज आफ्नै दौंतरीहरूको बीचमा पनि
म ’खेपा’ भएकी छु ।

आफ्नै संस्कृतिको मानमर्यादा
दस औंला जोडेर नमस्कार गरिरहँदा
सिक्नै भ्याएकी छैन मैले
गुड मर्निङ, इभिनिङ र नाइटले
जिब्रो लट्पट्याउन
आज आफ्नै स्टाफहरूको बीचमा म
‘हाउ रुरल’ भएकी छु ।

खुट्टा छैनन् मेरा
फेसनवादलाई पछ्याउन
बनाउन जानेकी छैन बहुरङ्गी कपाल
लगाइदिन पाएकी छैन छोरालाई
एउटा कानमा मुन्द्रीसम्म पनि
अनि सिकाउन पाएकी छैन छोरीलाई
कुमारीले बच्चा जन्माउने सम्यता
त्यसैले त म आज साँच्चै
गवार भएकी छु
म पाखे भएकी छु ।।

०००
स्याङ्जा

‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x