साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘झोराहाटमा साहित्य’ श्रृङ्खलामा पाँच स्रष्टा प्रस्तुत

शनिबार झोराहाट नाटक घरमा आयोजित कार्यक्रममा कवि एवं गजलकार चिरञ्जीवी काफ्ले, भूमिका खनाल, खेमराज आचार्य, अन्जु अश्रु र हिन्दी साहित्यका सशक्त साहित्यकार पुजा बहारले आफ्ना साहित्यिक रचना प्रस्तुत गरे ।

Nepal Telecom ad

मोरङ । झोराहाट नाट्य समुहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्दै आएको ‘झोराहाटमा साहित्य’ नामक कार्यक्रममा पाँच जना स्रष्टा प्रस्तुत भएका छन् ।

माघ महिनाको श्रृङखलामा पाँच जना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । शनिबार झोराहाट नाटक घरमा आयोजित कार्यक्रममा कवि एवं गजलकार चिरञ्जीवी काफ्ले, भूमिका खनाल, खेमराज आचार्य, अन्जु अश्रु र हिन्दी साहित्यका सशक्त साहित्यकार पुजा बहारले आफ्ना साहित्यिक रचना प्रस्तुत गरे ।
चिरञ्जीवी काफ्ले
मुस्कान छरेर गयौ, बढ्दै गयो जवानी
बस्यौ नजर अगाडि, च्याप्छु सधैं सिरानी ।

फर्केर तिमीले हेर्यौ, भुल्न नसक्ने भएं
सधैं तिमीलाई सम्झी, हुन्छु म पानी पानी

भूमिका खनाल
म र रक्सी
खाएको त रक्सी मात्र हो
रक्सी र सितनसँगै
मैले आमाको सपना
श्रीमतीका रहर
सन्तानको खुशी
कत्ति बेला निल्दै गँए पत्तो भएन
आफन्त सकिए
पाखो बारी सकियो
इमान इज्जत सकियो

खेमराज आचार्य
नाता जति चिन्ने आफूलाई पर्दा न हो
ईश्वर पुज्न थाल्नु आँसु झर्दा न हो

सुन्नुहोस् अरूको गर्नुस् आफ्नै पारामा
भोलि भन्न पाइन्न उसले गर्दा न हो

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको छ । अबको केही समयपछि भारतमा रहेका नेपाली भाषी साहित्यकारहरूलाई समेत झोराहाट नाटक घरमा भव्य स्वागत गर्दै अझ दुई देशका बीचमा सेतु बनी धेरै साहित्य सम्बन्धि काम गर्ने अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए ।

झोराहाट नाटक घरले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक श्रृङ्खला सहित बेला-बेला नाटक मञ्चन, नाट्य लेखन र अभिनयको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताए ।

कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट साहित्यकार र साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x