माणिकरत्न शाक्यझ्याइँकुटी झ्याइँकुटी
उङ्गोको अर्थ मलाई पनि थाहा थिएन । मैले ठट्टा गर्दै त्यही मौकामा पुङ्गोसँग उङ्गो जोडेर भनें- चाँडै चाँडै प्याप्चे थिच्ने, पैसा लिएर घर जाने भनेर लाइदिएँ । लौ जा !

१. घरमुलीको औषधी
घरमुली बितेको आज वार्षिकी पुण्यतिथि । घरमुलीको छोराले पुरेतलाई एकसरो सबै खाले सामानहरू दान गरे । पुरेतले भने- अझै घरमुलीलाई मनपर्ने केही छुटपुट भएको पो छ कि ?
घरमुलीको छोराले गम्दै कोठाभित्र पसे, फुत्त निस्किए । पुरेतको कुराले रन्थनिएर घरमुलीको छोराले भने- बुबालाई मनपर्ने सबै कुरा दान गरिसकें । अब एउटै चिज दान गर्न बाँकी छ पुरेत बाजे ! के दिन लागे भनेर पुरेतले चारैतिर आँखा दौडाए । चाँडै दान गर बाबु ! घर जान ढीलो हुन्छ । घरमुलीको छोराले अन्तिम उपचार खोज्दै भने- बुबालाई सबभन्दा बढी मनपर्ने भनेको यो लुत्तोको औषधी हो । बाचुन्जेल खुब प्रयोग गर्नुहुन्थ्यो । अब तपाईंको पालो भनेर पुरेतको लुगा उतार्न खोज्दा ठाडो पुच्छर लाएर टाप ठोक्यो ।
२. हर्जना
छोरालाई बिहे गरिदिन घरका मान्छेले केटी खोजिरहेको थियो । त्यसबेला उसले झ्याप्प दारी पालेको थियो । आफन्तले उसलाई केटी देखाउन शुरू गरे । आफन्तकै सल्लाह अनुसार केटी हेर्न गएपिच्छे उसलाई दारी काट्न भनिन्थ्यो । उसले काटथ्यो पनि । पहिलो, दोश्रो, तेश्रो गर्दै उसले धेरै केटी हेर्यो । तर कुनैले पनि उसलाई पत्याएन । त्यही रिसको झोकमा रन्किदै बाटोमा हिंड्दै गर्दा आफले पहिले हेरेको केटीसँग जम्काभेट भयो । उसले मनको तीतो फ्याँक्दै भन्यो- प्रिया ! तिमी मलाई आफ्नो बनाउन सक्दिनौ भने तिमीलाई हेर्न आउँदा खेरि काटेको दारीको हर्जना त मिल्ना नि !
उसको कुरा सुनेर केटी हेरेको हेर्यै भयो ।
३. उङ्गो
२०७२ सालको भुकम्पको मारमा परेकाहरूलाई पर्थम किस्ता बापत रू. ५००००/- बाँड्ने कामको सिलसिलामा म नुवाकोटको खरानीटारमा पुगेको थिएँ ।
गन्धले बसिखान नभएर मैले कोठामा घूप बालो, डबल मास्क लगाएँ । त्यति गर्दा पनि गन्ध हटेन । टाउको फुट्ला जस्तो गरि दुख्थ्यो, वाक वाक आउला जस्तो हुन्थ्यो । केही गरेर पनि त्यो गन्ध हटाउन सकिन । अति भएर एकजना तामाङलाई भनें- उङ्गो उङ्गो ।
उनै तामाङले- हाम्रो भाषामा त पुङ्गो पुङ्गो भन्या कुट कुट भनेको थाहा छ । उङ्गो उङ्गो भन्या चाहिँ के हो नि सर ! उङ्गोको अर्थ मलाई पनि थाहा थिएन । मैले ठट्टा गर्दै त्यही मौकामा पुङ्गोसँग उङ्गो जोडेर भनें- चाँडै चाँडै प्याप्चे थिच्ने, पैसा लिएर घर जाने भनेर लाइदिएँ । लौ जा !
०००
सरस्वतीनगर, चावेल
Subscribe
Login
0 Comments
Oldest






































