साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कदम थियटरमा नाटक ‘गाई कि त्रिशूल’

नाटक चुलाचुली थियटरद्वारा आयोजित नाटक महोत्सवमा समेत सहभागी नाटक हो । त्यहाँ चकलेट शीर्षक दिइएको नाटकलाई यहाँ गाई कि त्रिशूल शीर्षक दिइएको छ ।

Nepal Telecom ad

अहिले कदम थियटरमा गाई कि त्रिशूल नाटक सर्वोदयका विद्यार्थीहरूले प्रस्तुत गरिरहेका छन् । टिकट शोमा २ गतेदेखि ८ गतेसम्म ११ः००, १ः३० र ५ः०० बजे तीन शो चलिरहेछ । उनीहरूलाई कदम थिएटरले नियमित प्रशिक्षण दिएर नाटक सिकाएका हुन् ।

यो नाटक चुलाचुली थियटरद्वारा आयोजित नाटक महोत्सवमा समेत सहभागी नाटक हो । त्यहाँ चकलेट शीर्षक दिइएको नाटकलाई यहाँ गाई कि त्रिशूल शीर्षक दिइएको छ ।

नाटकलाई दीपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । नाटकमा सर्वोदयका बालबालिकाहरू अनिश्मा पौडेल, एलेक्स नेपाली, इशान केरुङ, आयुष भण्डारी, गरिमा बस्नेत, निराजन बस्नेत, सनोज तामाङ, मञ्जिल लिम्बू लगायतका कलाकारले अभिनय गरेका छन् ।

नाटकको कथा बालमनोविज्ञान र समसामयिक वातावरणको प्रभाव बालबालिकालाई कसरी पर्छ भन्ने रहेको छ । एउटा सामान्य मास्टरको परिवारको जीवनको कथा हो यो । सामुदायिक विद्यालयमा पढाउने एउटा सामान्य मास्टर शुक्रबार घर आउँछ । ऊ आएपछि उसको छोरो खुशी हुन्छ । उसको बुबाले उसलाई दुई रुपैया दिन्छन् । उसले त्यो दुई रुपैयाँको सुन्तले मिठाई किन्छ र साथीभाइलाई दिन्छ । ऊ विद्यालय जान त्यसैले पनि रुचि दिन्छ । सुन्तले मिठाई खान पाउने आशले साथीहरू पनि उसलाई सहयोग गर्छन् । उसको पढाइ राम्रो हुँदै गएको छ । हरेक शुक्रबार बाउ कहिले फुटबल ल्याइ दिन्छ । कहिले के के खेलाउने । यसले त्यो बालकको मनोविज्ञानमा सकारात्मक उर्जा भरेको छ ।

एक्कासी देशमा द्वन्द आउँछ । द्वन्दका कारण उसको बुबा हरेक शुक्रबार घर आउन पाउँदैनन् । उसले २ रुपैयाँ पाउन छोड्छ। उसलाई थाहा छैन् । उसको बुबा किन शुक्रबार घर आउन छाडेको छ । ऊ बिस्तारै विद्यालय जान मन गर्दैन । पढाइमा कमजोर हुन थाल्छ । यहाँ बालबालिकालाई वातावरणले कस्तो प्रभाव पार्छ भन्ने बाल मनोविज्ञान देखाइएको छ । कथा यसैको सेरोफेरोमा घुमेको छ ।

कथा प्रभावकारी छ । कथा रुपान्तरण र संवाद पनि राम्रै छ । ध्वनि र श्रृङ्गार राम्रै छ । प्रकाश व्यवस्थापन राम्रै छ । नानीहरूको नाट्यकुशलता राम्रै मान्नु पर्छ । उनीहरूको हाउभाउ र संवेदना जीवन्त नै मान्नु पर्छ । यो उमेरका नानीहरूमा नाटकप्रतिको अभिरुचि आफैँमा राम्रो हो । कदम थियटरको सहकार्यमा प्रदर्शन भइरहेको नाटकले नाटक हेर्ने र नाटकबाट समाज पढ्ने संस्कारको विकास गर्न सकोस् । कदम थियटर पूर्वमा नाटकका माध्यमबाट सभ्य समाजको सिर्जनशील विकासका लागि दमक ९ मा रहेर सञ्चालित र सक्रिय छ ।

०००
– झापा, दमकबाट धनकुटे कान्छा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x