साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उचाई

म त यहाँ मात्र मदिरा देख्छु जसलाई म पिउन चाहन्छु ता कि ममा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस् र यहाँहरूको उचाईमा पुग्न सकुँ।

Nepal Telecom ad

अनुवाद ::  एकदेव अधिकारी

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभिइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ ।”

तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाई आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु । म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन् ।”

चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर ! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु । म त यहाँ मात्र मदिरा देख्छु जसलाई म पिउन चाहन्छु ता कि ममा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस् र यहाँहरूको उचाईमा पुग्न सकुँ।”

अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।

ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।

०००

‘Poets’ बाट
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोश्रो भाषा

दोश्रो भाषा

खलिल जिब्रान
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x