साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूसाप्र फिक्कल इलामको सातौँ वार्षिक साधारण सभा

सबै वार्षिक साधारण सभामा गरिने प्रकृयागत कार्यहरूबाहेक अग्रज तथा अनुज पुस्ताबाट रचनावाचन पनि भएको थियो ।

Nepal Telecom ad

इलाम, फागुन ७, २०७९ । प्रजातन्त्र दिसको अवसर पारेर सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कल इलामको सातौँ वार्षिक साधारण सभा सम्पन्न भयो । विशेषतः साहित्य, सङ्गीत, कला-संस्कृति, धर्म र अध्यात्मलाई उजागर गर्ने उद्देश्य आत्मसात गरेर अगाडि बढिरहेको यो संस्थाले क्रमशः आफ्ना गतिविधिहरू सञ्चालन गर्ने क्रममा सृजना बहुउद्देशीय सहकारी संस्था फिक्कल इलामको सभाहलमा वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।

सबै वार्षिक साधारण सभामा गरिने प्रकृयागत कार्यहरूबाहेक अग्रज तथा अनुज पुस्ताबाट रचनावाचन पनि भएको थियो । राजनीतिक प्रतिनिधि, साहित्यिक व्यक्तित्व, सामाजिक अभियन्ता तथा आजीवन सदस्यहरूको उपस्थितिमा कार्यक्रम राम्रै भएको बुझियो । कोषाध्यक्ष लता गौतम अधिकारीद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमाथि उपस्थित दर्शकदीर्घाबाट तत्तत् सम्बन्धित बुँदामा पुनः टिप्पणी गर्न, प्रतिलिपिसहितको कार्यपत्र माग गरिएको थियो र तत्काल उपलब्ध पनि गराइयो । त्यसमाथि कोषाध्यक्ष तथा अध्यक्षबाट सवालका उत्तर दिने प्रयास नभएका होइनन् । कार्यपत्रमा उल्लिखित केही दुविधाजनक सूचीप्रति आंशिक छलफल पनि भएका थिए । छलफलको समय भने थोरै भएको अनुभूति नभएको होइन ।

संस्थाको स्वाभिमानप्रति आँच आउने किसिमका बुँदाहरूप्रति आपत्तिजनक सवाल खडा भएपछि पुर्विचार गरिनुपर्ने माग सम्बन्धित व्यक्तिबाट राखिएका थिए र यो प्रकृया संघसंस्थाहरूमा नौलो भने हुँदै होइन । यस्ता सवालजवाफले संस्थाको भावी कार्यदिशाको सकारात्मक पक्षलाई माथि उठाउन सहयोग गर्छ भन्ने लाग्छ । त्यसलाई पनि सहज ढङ्गबाट समाधानको उपायतिर लान सकिने अध्यक्षबाट आश्वासन प्राप्त भएको थियो ।

सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष धनकुमार तामाङको अध्यक्षता, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्य, देवेन्द्रनाथ शर्मा र नरहरि शर्माको विशेष आतिथ्य र अतिथिहरूमा सूसाप्रका सल्लाहकार संयोजक डिल्लीप्रसाद सुवेदी, सदस्यहरू दीपक अधिकारी, बुद्धिनाथ बराल र देवीप्रसाद गौतम, संस्थाका पूर्व सह-सचिव नदी भट्टराई, उपाध्यक्ष केदारनाथ अर्याल, संस्थापक कोषाध्यक्ष प्रितम शर्मा ढकाल, वर्तमान कार्यसमिति सदस्य कुलप्रसाद ढकाल वर्तमान सह-सचिव लता गौतम अधिकारी, सूनपाका पूर्व उपमेयर दुर्गादेवी भट्टराई, सृजना बहुउद्देशीय सहकारी संस्थाकी अध्यक्ष अमृता राईलगायतका अतिथिहरूको संलग्नता रहेको थियो । आजीवन सदस्यहरूको निम्न उपस्थितिलाई खोट लगाउनुपर्ने कारण थिएन ।

कार्यक्रममा मन्तव्य, रचनावाचन र सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरूमा सूर्योदय नगरपालिकाअन्तर्गत नर्वदा बोर्डिङ स्कुल मेहेलबोटेबाट २०७८ सालको एसएलसी परीक्षामा परीक्षामा ३.७५ जी.पी.ए. अङ्क ल्याई उत्कृष्ट भएका विद्यार्थी प्रज्ज्वल बराल र उही सालमा फिक्कल माध्यमिक विद्यालयबाट ३.३५ जी.पी.ए अङ्क ल्याई उत्कृष्ट भएकी छात्रा मीनामित लाप्चालाई प्रशंसा-पत्रसहित सम्मान गरिएको थियो ।

त्यसैगरी मन्तव्य व्यक्त गर्नेहरूमा- दुर्गाकुमार बराल, डिल्लीप्रसाद सुवेदी, नरहरि शर्मा, कमल गदाल, दीपक अधिकारी रहेका थिए । मन्तव्यसहितको सम्मान साधना फागो र सम्मानित मात्र हुने व्यक्तिद्वय संस्थाका वर्तमान सल्लाहकार सदस्य बुद्धिनाथ बराल र आजीवन सदस्य दोर्जे लामालाई नेपाली ढाकाटोपी ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन केही रचनाहरू पनि वाचन भएका थिए, त्यसमध्ये देवेन्द्रनाथ शर्मा, टिङ्कु भट्टराई, भूवनराज ढुङ्गाना, प्रितम शर्मा ढकाल र सरस्वता दाहाल रहेका थिए । त्यसैगरी माधवप्रसाद भट्टराई, टिङ्कु भट्टराई, रमेश सापकोटा, कमलकुमार गदाल, अर्जुनकुमार भट्टराईलगायत करिब सात जनाले संस्थाको आजीवन सदस्यता ग्रहण गरेपश्चात प्रमाण-पत्रसमेत अध्यक्षको बाहुलीबाट हस्तान्तरण गरिएको थियो । तुलमा लेखिएका अक्षरवाचन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो भने राष्ट्रलाई सम्झने क्रममा उपस्थित अतिथिगणबाट सामूहिक राष्ट्रगान गाइएको थियो । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष धनकुमार तामाङबाट प्रस्तुत भएको हो भने आर्थिक प्रतिवेदन लता गौतम अधिकारीबाट भएको हो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश नपारे पनि धनकुमार तामाङको अध्यक्षता, सचिव प्रेमसागर भट्टराईको सहजीकरण र सदस्य कुलप्रसाद ढकालको स्वागत मन्तव्य रहेको थियो ।

०००
‘फित्कौली’ अनलाइनका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x