सुलसुलेअभिनवको २२ औं वार्षिकोत्सव समारोह सम्पन्न
अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकर्णमा अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

काठमाडौं, २०७९ फागु २७ । अभिनव साहित्य समाजको आयोजनामा भैरव स्मृति भवन जोरपाटी, गोकर्णमा अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
समाजका अध्यक्ष श्री गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्व, समाजका सचिव श्री परशुराम पराजुलीजीको सञ्चालन र शारदा पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख श्री दीपककुमार रिसालज्यू र उपप्रमुख श्री सान्नानी लामाज्यूलाई हार्दिक बधाई, शुभकामना र अभिनन्दन अर्पण गरियो ।
यसैगरी प्राज्ञ श्री विष्णु प्रभातलाई बिस हजार नगद सहित अभिनन्दन अर्पण गरियो । वेदमणि अभिनव गजल पुरस्कारबाट दश हजार नगदसहित शान्ती शर्मालाई पुरस्कार तथा सम्मान गरिनुको साथै समाजसेवी मुसुरी लामाज्यूलाई सम्मान अर्पण गरियो ।
यस अवसरमा कलाकार जानुका भट्टराई तथा केशवराज मैनालीलगायतबाट बेचिएकी चेली नामक करुणरस प्रधान नाटिकाको प्रस्तुति भएको थियो । प्रमुख अतिथिको आशसनबाट गङ्गाप्रसाद उप्रेतीज्यूले प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुनथालेको भन्ने सुन्नमा आएको छ । भर्खर गठन भएको संस्थाको केही दिन काम हेरेर मात्र मूल्याङ्कन गरिनुपर्छ भन्ने भाव राख्दै साहित्यकारहरूलाई प्रेरणा दिने काम गर्नुभयो ।
यसैगरी विशेष अतिथि तथा अभिनन्दित व्यक्तित्वको रुपमा नगर प्रमुख रिसालले गो.न.पा.लाई साहित्यको हब मनाउन क्रियाशील संस्थाको रुपमा अभिनवलाई लिएका छौं र यस नगरभित्र रहेका सम्पूणर् साहित्यिक सस्थाहरूलाई सहयोगात्मक भूमिका न.पा.ले गर्दै जाने कुरा राख्नु भयो भने उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न न.पा.सधैं तयार छ र खासगरी महिला साहित्यकाहरूलाई उत्प्रेरणा दिने कार्यमा पनि न.पा.ले विशेष सहयोग गर्ने कुरा राख्नुभयो ।
अर्का अभिनन्दित व्यक्तित्व श्री प्रभातज्यूले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, सांख्य(देवहुतीद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली हुन् भनेर सुन्दर व्याख्या गर्नुभयो । गो.न.पा ६ का वडा अध्यक्ष श्री नवराज लामाज्यूले शुभकामना मन्तव्य दिनुभएको थियो ।
अर्की पुरस्कृत व्यक्तित्व श्री शर्माले एक सुन्दर गजल गायन गर्नुभएको थियो । अभिनन्दन तथा सम्मानपत्रको वाचन मेनका पोखरेल र घनश्याम प्रसाईले गर्नुभएको र अर्का कार्यसमिति सदस्य श्री सुमन पुडासैनीले व्यवस्थापनको कार्य गर्नुभएको थियो ।
सभापतिको आशनबाट वेदमणिज्यूले वर्तमान नेपाल सरकारले प्राज्ञताको प्रचलित मापदण्ड विपरित प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा यसको सुधार हुनुपर्ने माग राख्नुभयो, यो नभएसम्म कुनै पनि परिषद सदस्यको भूमिकालाई वहिष्कार गरिनुपर्छ भन्ने माग राख्नुभयो ।
एक सयभन्दा बढीको उपस्थित रहेको आजको कार्यक्रममा उपस्थित कवि कवयित्रीले आफ्नो रचना प्रस्तुत गर्न नपाउनु भएकोमा क्षमा माग्दै आगामी मासिक कार्यक्रमहरूमा सो अवसर प्राप्त गराउने वचनवद्धता पनि प्रकट गरिएको थियो ।
०००
– निर्मल अर्याल
Subscribe
Login
0 Comments
Oldest












































