साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु हराएको सूचना

उनैले बनाएको घर हो भित्ता भुइँमा गाडेको पुरानो धनका बारेमा पनि केही बोलेनन् खै, के भन्नु ? जाँदा जनैको साँचोसम्म त दिएनन् ! अब त्यो बाकसको ताल्चा सित्तैमा फोर्नैपर्ने गराए मेरा बाबु हराए ।

Nepal Telecom ad

घरको सुखशान्तिका लागि
गएको मङ्गलबारका दिन उनको निराहार व्रत थियो,
दिनभरि केही खाएकै थिएनन्
न शिरमा टोपी, न पाउमा जुत्ता,
मैलो गञ्जी र कछाडबाहेक
जीउमा अरू केही लाएकै थिएनन्
कसैले कतै देख्नुभो कि ?
साता दिनदेखि घर नआएर
बूढा कता भौतारिएका होलान् ?
व्यर्थे थाना अड्डामा हुलिया लेख्नुपर्ने गराए
मेरा बाबु हराए ।

मेरा बाबुलाई चिन्नुभएकै होला !
रोगले छिनेको झिनो शरीर,
झुस्स दाही र खपटे गाला !
मेरी काखकी छोरी पनि
पहिले त उनको डर मान्थी
तर पछिपछि बानी परिछ
उनकै काखमा सुत्थी, जाग्थी
उनकै काखमा खेल्थी, खान्थी
चटक्क छोडेर कता गए होलान् ?
सानी छोरीका लागि अब अर्को धरालो खोज्नैपर्ने गराए
मेरा बाबु हराए ।

बेलाबेलामा ‘सन्न्यास लिन्छु’ त भन्थे
मैले ठट्टा मानेको थिएँ,
‘मठ-मन्दिरमा कचौरा थापेर खान्छु’ भन्थे
मैले घुर्की ठानेको थिएँ,
अब विभिन्न पाटी-सत्तलहरूमा
आफ्नो मृत्यु रुँगेर बसेका
परित्यक्त बूढाबूढी र
मन्दिरहरूमा लाम लागेर बसेका
विचित्र-विचित्र मगन्तेका हूलमा खोज्न बाध्य गराए
मेरा बाबु हराए ।

पेटभरि खान पाएकै थिए
तनभरि लाउन पाएकै थिए
तर मनमा के थियो खै कुन्नि ?
बीस वर्षअघि मरेकी
मेरी आमाको पुरानो तस्बिर
छातीमा टाँसेर घुँक्कघुँक्क रुन्थे रे-
मेरो कान्छो छोराले देखेछ ।
नित्य खानैपर्ने औषधि
केही महिना अघिसम्म त खाँदै थिए
कुन्नि किन भगवानसँग
छिट्टै मृत्यु पो माग्थे रे-
आफू पनि त कन्जुस नै थिए
कस्तै परे पनि आफ्नो बाकसको
ठूलो ताल्चा खोल्दै खोलेनन्
उनैले बनाएको घर हो
भित्ता भुइँमा गाडेको
पुरानो धनका बारेमा पनि केही बोलेनन्
खै, के भन्नु ?
जाँदा जनैको साँचोसम्म त दिएनन् !
अब त्यो बाकसको ताल्वा सित्तैमा फोर्नैपर्ने गराए
मेरा बाबु हराए ।

मेरी पत्नी सुँक्कसुँक्क गर्छिन्
बूढा बाबुको निकै सम्झना गर्छिन्
दस-बीस पसल चहारेर भए पनि
चीज-बीज ताजा र सस्तो ल्याउँथे
एक पैसा तल-माथि नपारीकन
वस्तु भनेकै जस्तो ल्याउँथे !
भान्छामा कति सघाउँथे !
बूढा भए पनि छरिता थिए
बढार्थे, पोछा लाउँथे
घरको काम सम्झनासाथ
पत्नी कर्कलो गलेझैँ फतक्क गल्छिन्
बूढा नभई काम चल्दै चल्दैन
जसरी पनि खोजी ल्याऊ’ भन्छिन्
कत्रो आधार थियो !
कत्रो भरोसा थियो !
सम्झँदै रुनैपर्ने गराए
मेरा बाबु हराए ।

मोहभङ्ग र विरक्तिका नाममा
कुनै फुसाको अखडामा
जीउभरि खरानी घस्न के बेर ?
या, पाकेका फलझैं थिए
हावाको झटारोमा पनि
कुनै विरानो ठाउँमा
फत्रक्क खस्न पनि के बेर ?
उनी जान सक्ने ठाउँजति
सबै आफन्तहरूलाई सूचना दिएकै छ
साठीका थिए, अरू चालीस वर्षसम्म त
खोज्ने छेटा शास्त्रले पनि दिएकै छ
तर छिमेकीका व्यङ्ग्यवाणले तर्सेर
टिभी, रेडियो र अखबारमा समेत
सूचना दिनैपर्ने गराए
मेरा बाबु हराए !!

०००
‘तिमी नरहे देश डुब्या छ’, (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x