सुलसुलेचाँगुनारायण साहित्यिक समाजको स्थापना दिवस
कार्यक्रममा, बरिष्ठ हास्य व्यङ्ग्यकार एवम् कवि डम्बर घिमिरे तथा वरिष्ठ बालसाहित्यकार तथा कवि सुशिला प्रधानाङ्गलाई सम्मान अर्पण गरिएको थियो ।

भक्तपुर, २०७९ फागुन २७ । चाँगुनारायण साहित्यिक समाजको नियमित कार्यक्रम अन्तर्गत समाजको ‘स्थापना तथा नारी दिवस विशेष’ पच्चिसौं श्रृङ्खला भब्य रूपमा सुसम्पन्न भयो ।
कार्यक्रममा, बरिष्ठ हास्य व्यङ्ग्यकार एवम् कवि डम्बर घिमिरे तथा वरिष्ठ बालसाहित्यकार तथा कवि सुशिला प्रधानाङ्गलाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि तथा क्रमशः डम्बर घिमिरे, चट्याङ मास्टर, सुशिला प्रधानाङ्ग तथा अतिथिहरूमा शङ्करप्रसाद मानन्धर हुनुहुन्थ्यो ।
रचना वाचन गर्ने स्रष्टाहरूमा बिनिता दाहाल, गोबिन्द नागिला, जुनु घिमिरे, डा. सावित्री श्रेष्ठ, छन्दविज्ञान निरौला, शालिकराम दाहाल, विके माकजू, कविन्द्रलाल प्रधान, रमेश सागर, लिलाराम जेनी, गणेश मार्मिक, दिनानाथ पोख्रेल, रामशरण न्यौपाने, सुनिता गाइसी, कमल मिश्र, बसन्ती भुजेल, सुशिला प्रधानाङ्ग, बिनोदराज ढुङ्गेल, लालबहादुर भुजेल, डिल्लीप्रसाद मूलतिहुन, कविराज घिमिरे, रमेशप्रसाद न्यौपाने आदिले फरक स्वादमा सटिक र दमदार रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन वरिष्ठ हास्यकवि डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो भने स्वागत मन्तव्य, समाजका कार्यसमिति सदस्य विके माकजूले गर्नु भएका थियो । कार्यक्रम सफल बनाउन साथ दिनुहुने सम्पूणर्मा चाँगुनारायण साहित्यिक समाजले हार्दिक कृतज्ञता अर्पण गरेको थियो ।
०००
– लालबहादुर भुजेल
Subscribe
Login
0 Comments
Oldest












































