साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वास्तविक रेफ्री को हो ?

माइतिघर मण्डलादेखि संसद भवन अगाडिसम्मको सडकलाई मैदान बनाएर दैनिक जसो ए, बि, सि डिभिजनहरूको लिग खेलहरू खेलाएको खेलायै छन् । मलाई त यो कुरा पो अचम्म र आश्चर्य लाग्छ, हैन यो खेलको वास्तविक रेफ्री चाहिँ को हो ?

Nepal Telecom ad

भकुण्डो हो कहिले कता कहिले कता हुर्रिन्छ । खासमा भकुण्डो यता उति हुर्रिनको लागि नै बनेको हो । भकुण्डोहरू पनि विभिन्न खालका हुन्छन्, कुनै खुट्टाले हान्ने त कुनै हातले हान्ने । खुट्टाले हान्ने भकुण्डोलाई हातले हान्न र हातले हान्ने भकुण्डोलाई खुट्टाले हान्न पाइँदैन, कथंकदाचित हानीहाले रेफ्रीको सिटी बजिहाल्छ ।

भकुण्डो कुन उद्धेश्यको लागि बनेको हो, त्यसै अनुसार खेलको आफ्नै नीति नियम हुन्छ र सोही मुताविक खेल खेलाइन्छ । खेलमा निश्चित संख्याका खेलाडी हुन्छन् र ती खेलाडीहरू सबैका आ-आफ्नै जिम्मेवारी पनि हुन्छन् । निश्चित नियम र निश्चित दायरामा रहेर खेलाडीहरूले भकुण्डो खेल्नुपर्छ । खेलमा दुई विपरित प्रतिस्पर्धी टिमहरूले आफ्नो टिमको लागि भरमग्दुर मेहनत गरी जित्ने उद्धेश्य राखेर खेल्छन् ।

भकुण्डो खेलको अन्तरटिम नियम र विपक्षी टिमसँगको समेत के कसरी खेल्ने भन्ने बारेका नियमहरू हुन्छन् । यदि खेलाडीले नियम विपरित कुनै गतिविधि गरेको खण्डमा दण्डित गरिन्छ । फुटवलमा दण्ड स्वरुप चेतावनीको पहेँलो कार्ड र खेलको मैदानबाट बाहिर निकाल्न रातो कार्ड गरेर दुई प्रकारको कार्ड प्रयोग गरिन्छ । जुन टिमले अर्को टिम विरुद्ध बढि गोल गर्दछ वा भलिबलमा जुन टिमले अर्को टिमको कोर्टमा बढी बल झार्न सफल हुन्छ अथवा बास्केटबलमा बास्केटभित्र जुन टिमले बढि बल छिराउँछ त्यही टिम बिजयी घोषित हुन्छ ।

यस्तै अर्को बल हुन्छ फ्याँक्ने बल । त्यसरी फ्याँकिने बललाई क्रिकेट बल भनिन्छ । एकापट्टीबाट डल्लो बल जोडले फ्याँकिन्छ र अर्कोपट्टीबाट मुङ्ग्रोले ठोकेर सिमाना कटाउने प्रयत्न गरिन्छ । विपक्षीबाट फ्याँकिएको बल मुङ्ग्रोले ड्याम्म ठोकेर हुर्‍याई अर्को टिमको खेलाडीले नरोकेसम्म निश्चित क्षेत्रमा खेलाडी दौडिन्छन् । यसरी दौडिने प्रकृयालाई रन बनाएको भनिन्न् । यो खेलमा जुन टिमले बढी रन बनाउँछ वा विपक्षीलाई आउट गर्छ सोही टिम विजयी हुन्छ । यो खेलको पनि विभिन्न नियमहरू छन् सबै यहाँ उल्लेख गर्न म सक्षम छैन । मलाई क्रिकेट हेर्न त सारै मनपर्छ तर सबै नियमहरू नबुझ्दा कस्तो कस्तो नरमाइलो लाग्ने गरेको छ ।

यी माथि उल्लेख गरिएका भकुण्डो खेलभन्दा आजकाल संसदतिर खेलिने र सडकतिर जताततै खेलिने भकुण्डो खेलहरू प्रशस्तै देख्ने अवसर पाइन थालेको छ । कोही के नाममा कोही के नाममा भकुण्डो प्रतिस्पर्धा गरिरहेका छन् । यताबाट उता ठोक्छन्, उताबाट यता । न त खेलको कुनै नियम छ न त नियामक रेफ्री नै छन् । मनलाग्दीसँग रफ खेल्या छन्् खेल हो तर बढि झेल गर्नमाखेलाडीहरू माहिर छन् । एक टिमको खेलाडीलाई अर्को टिमको खेलाडीले छिर्के हानेको छ, पछारेको छ, रोक्ने कोही छैन ।

खेल भित्रका खेलाडीहरू सबै आ-आफै रेफ्री भएको घोषणा गर्दै आ-आफ्नै किसिमको नियम सुनाउँदै खेलमैदानमा दगुरिरहेका छन् । भलै तिनले सुनाएको फैसला दर्शकले मान्छन् कि मान्दैनन् तिनलाई कुनै मतलव छैन । एकहोरो मेरो टिमको खेल उच्चस्तरको छ भन्दै विज्ञापन गरिरहेका छन् । दर्शकहरू पनि खेल के हो कुनै सुजो न बुजो दौड््या छन्, दौड्या छन्, हा हा हु हु गर्‍या छन् । भकुण्डे खेलको कुनै दिगो र पत्यारिलो नाम छैन् ।

माइतिघर मण्डलादेखि संसद भवन अगाडिसम्मको सडकलाई मैदान बनाएर दैनिक जसो ए, बि, सि डिभिजनहरूको लिग खेलहरू खेलाएको खेलायै छन् । मलाई त यो कुरा पो अचम्म र आश्चर्य लाग्छ, हैन यो खेलको वास्तविक रेफ्री चाहिँ को हो ?

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x