सुलसुलेटीका भट्टराईको ‘अनुभूतिका स्वरहरू’ लोकार्पण
कृतिको विमोचन अध्यक्ष तथा विशेष आमन्त्रित गणबाट सामुहिक रूपमा भएपछि लोकार्पित कृति ‘अनुभूतिका स्वरहरू’ को विशद समीक्षा- राजबाबुु श्रेष्ठ सागरले गर्नुभयो ।

काठमाडौं, ०७९ चैत १० । साहित्यकार तथा गीतकार टीका भट्टराई नेपालद्वारा लिखित ‘अनुभूतिका स्वरहरू’ गीत संग्रहको लोकार्पण सम्पन्न भएको छ ।
गीतकार संघ, नेपालद्वारा आयोजित यो कार्यक्रम बिजुलीबजारस्थित संघको कार्यालयको हलमा सम्पन्न भएको होे । कार्यक्रमका सञ्चालक- रमेश कोइराला, प्रमुख आमन्त्रित- डा.कृष्णहरि बराल, अध्यक्ष- गीतकार संघ नेपालका अध्यक्ष- वसन्त वित्यासी थापा हुनुहुन्थ्यो । विशेष आमन्त्रितमा- विश्वबल्लभ भट्टराई, चूडामणि देवकोटा, ज्ञानु राणा, अच्युत घिमिरे, राजबाबु श्रेष्ठ सागर, अमर वान्तु, लय संग्रौला, किरण केसी (राता मकै) हुनुहुन्थ्यो ।
अन्य उपस्थितहरूमा भवानी तावा (पाँचथर), लक्ष्मीअच्युत ढुुङ्गाना, मायामितुु (झापा) विजयध्वज थापा, निरमान गुरुङ, अष्ट लामा, राजु सिंह, विष्णु ओली, तुलसी गिरि भावुक, रवीन्द्र आशिष शैली, खोलाघरे साहिंलो, गजेन्द्र मोक्तान, तारावीर पाण्डे, देवदत्त भट्ट, दामोदर लामिछाने, गणेश पराजुली, यशोदा पराजुली, शिशिर योगी, शीतल कादम्विनी, शैलेन्द्र कुमार चापागाईं, उत्तम केसी, जेबी समयोगी, सागर अधिकारी ‘शरद’, मीन वज्राचार्य, विमला आठ पहरिया राई, मेनुुका प्रधान, हरेराम पौडेल, निरास मगर, डी.आर. राई, विष्णु अधिकारी आदि ५० जनाभन्दा बढी हुनुहुन्थ्यो ।
सामुहिक राष्ट्रिय गानपछि स्वागत मन्तव्य- पुस्तकका लेखक टीका भट्टराई नेपालले गर्नुभयो भने गीतकारको परिचय- अच्युत घिमिरेले दिनुभएको थियो ।
कृतिको विमोचन अध्यक्ष तथा विशेष आमन्त्रित गणबाट सामुहिक रूपमा भएपछि लोकार्पित कृति ‘अनुभूतिका स्वरहरू’ को विशद समीक्षा- राजबाबुु श्रेष्ठ सागरले गर्नुभयो ।
शुभकामना मन्तव्य दिनुहुनेहरूमा- अमर वान्तु, लय संग्रौला, चूडामणि देवकोटा, ज्ञानु राणा, किरण केसी (राता मकै)-एउटा कविता पनि सहित, विश्ववल्लभ भट्टराई, डा.कृष्णहरि बराल हुनुहुन्थ्यो । लोकार्पित कृति टीका भट्टराई नेपालको यो चौथो कृति हो ।
०००
– खोलाघरे साहिँलो
Subscribe
Login
0 Comments
Oldest












































