साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात स्मृतिमा कविता प्रतियोगिता सम्पन्न

३५ जना प्रतियोगी कविले रचनावाचन गर्नुभएको कार्यक्रममा कवि श्यामकुमार बानिया, कवि शान्ति प्रियवन्दना र कवि छवि अनित्य निर्णयबाट समर्पण न्यौपाने प्रथम, कृष्मा लौडारी द्वितीय, रिवाज कार्की तृतीय ।

Nepal Telecom ad

हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालय र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संयुक्त आयोजनामा पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता तथा परिचर्चा कार्यक्रम मंगलबार दर्शन पार्टी प्यालेसमा सञ्चालित भएको छ । समीक्षक तथा समालोचक घनश्याम घिमिरेले पारिजातको व्यक्तित्व तथा कृतित्वको माथि प्रकाश पार्नुभएको थियो ।

३५ जना प्रतियोगी कविले रचनावाचन गर्नुभएको कार्यक्रममा कवि श्यामकुमार बानिया, कवि शान्ति प्रियवन्दना र कवि छवि अनित्य निर्णयबाट समर्पण न्यौपाने प्रथम, कृष्मा लौडारी द्वितीय, रिवाज कार्की तृतीय, अनिल कोइराला सान्त्वना तथा प्रेरक गौतम र शिष्टता ढोडारीले बाल प्रतिभा प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको थियो । कविता प्रतियोगितामा पुरस्कृत कविलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार, १ हजार र ५००।-/ ५००।- नगद राशी सहित प्रमाणपत्र, श्यामप्रसाद शर्माका पुस्तकहरू प्रदान गरिएको थियो ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख अतिथि हुनुभएको थियो । हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा अध्यक्ष श्री फुर्वादोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालको विशिष्ट आतिथ्यता, इन्द्र नेपाल, सुवास खनाल, पुणर्कला घिमिरे तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का टोलविकास संस्था, आमा समुहको पनि उपस्थिति रहेको थियो ।

पारिजातको साहित्यिक योगदान, कृतित्व तथा व्यक्तित्वको बारेमा सबैले जानकारी राख्नुपर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । मकवानपुरले राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रमहरू गर्नुपर्ने र यस्ता प्रतियोगितालाई राष्ट्रव्यापी बनाउनका लागि आफूले पनि पहल गर्ने कुरा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो ।

आँचलकी सचिव सविता तिमल्सिनाले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा सदस्य साधना श्रेष्ठले राख्नुभएको थियो । सर्जकहरूका तर्फबाट निरा शर्मा र हयग्रीव आचार्यले मन्तव्य राख्नुभएको थियो । कविहरू देवराज खरेल, राजकुमार लामिछाने, देवराज तिवारी, पुरुषोत्तम आचार्य, सानु खनाल लगायतले अप्रतियोगी कविताहरू वाचन गर्नुभएको थियो ।

०००
हेटौंडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x