सुलसुले‘गाउँगाउँमा साहित्य’ को दोस्रो शृङ्खला सम्पन्न
विद्यालयका प्रधान अध्यापक चेतनाथ अधिकारीको प्रमुख आतिथ्य र साहित्य संगम नुवाकोटकी कोषाध्यक्ष रुपा थापाको सभापतित्वमा सुरु भएको कार्यक्रमको सञ्चालन छन्दकवि शम्भुप्रसाद गजुरेलले गर्नुभएको थियो ।

नुवाकोट, ०८० असार ८ । साहित्य संगम नुवाकोटको नयाँ अभियान ‘गाउँ गाउँमा साहित्य’ अन्तरगतको दोस्रो शृङ्खला सम्पन्न भएको छ ।
तारकेश्वर गाउँपालिका वडा नं २ मा अवस्थित पिमल्टार माध्यमिक विद्यालयमा विद्यालय समयको समाप्तिसँगै दिनको २ बजे विद्यालयका प्रधान अध्यापक चेतनाथ अधिकारीको प्रमुख आतिथ्य र साहित्य संगम नुवाकोटकी कोषाध्यक्ष रुपा थापाको सभापतित्वमा सुरु भएको कार्यक्रमको सञ्चालन छन्दकवि शम्भुप्रसाद गजुरेलले गर्नुभएको थियो ।
विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीले विविध विधामा आफ्नो प्रस्तुति दिनुभएको थियो भने अन्य कविहरूले पनि काव्यपाठ गर्नुभयो । विद्यार्थीमा साहित्यप्रतिको अपार आकर्षण देखेर आयोजक र विद्यालय परिवार समेत उत्साहित भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चेतनाथ अधिकारीले यस खालको कार्यक्रम पहिलो भएको र आगामी दिनमा यस्तै कार्यक्रमको अपेक्षा राखेको धारणा व्यक्त गर्नुभयो ।
अन्तमा सभापतिको सभा विसर्जन मन्तव्य सहित कार्यक्रम समापन भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































