सुलसुलेमनोहरा साहित्य समाजको ७८औं शृङ्खला
समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, मोहनप्रसाद पन्थी, छत्रभूषण दाहाल लगायतको आतिथ्यमा सम्पन्न भएकाे हाे ।

काठमाडौं, ०८० असार ९ । मनोहरा साहित्य समाजको ७८औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, मोहनप्रसाद पन्थी, छत्रभूषण दाहाल लगायतको आतिथ्यमा ग्लोबल पब्लिक स्कूलको सभाकक्षमा आज सम्पन्न भएको छ ।
सचिव भावकेशर बरालद्वारा सञ्चालन भएको सो कार्यक्रम अध्यक्ष अर्यालले उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो अश्वत्थामा हतोहतः कविता वाचन गरेर शुभारम्भ गरेपछि रचनावाचनको क्रम शुरु भएको थियो ।
कार्यक्रममा भावना न्यौपानेको ‘वृद्ध आमाको वेदना’, नूरदेव खनालको ‘हाम्रो राष्ट्रियता’, मोहनप्रसाद पन्थीको ‘क्यालेन्डर’, सुमन पुडासैनीको ‘गजल’, खोलाघरे साहिंला र जसध्वज गुरुङका चोटिला मुक्तकहरू, घनश्याम प्रसाईंको ‘गण्डकी’, भुवन शिवाकोटी ‘चौघरेको लाटो मूर्तिका मान्छेहरू’, बुद्धिसागर पौड्यालको ‘दुर्गन्ध भित्रको कलम’, भावकेशर बरालको ‘झरी’ र गोविन्द घिमिरे वेदमणिको ‘हामीले गर्नु छ’ लगायतका कविता वाचन भएका थिए ।
चिरञ्जीवी रेग्मी, कपिल अर्याल लगायतका सभ्य श्रोता रहेको सो कार्यक्रममा छत्र भूषण दाहालले कार्यक्रमका बारेमा र गोविन्द घिमिरेवेदमणिले वाचित रचनाहरूका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
अत्यन्त मीठा, स्तरीय र सामयिकतासमेत भएका रचनाहरूको प्रस्तुतिले कार्यक्रम बडो भव्य बनेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































