साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दमकले मनायो २१० औँ भानु जयन्ती

कार्यक्रममा रामायण वाचनतर्फ पूणर्माया बस्नेत प्रथम, गोबिन्द न्यौपाने द्वितीय, राधिकादेवी अधिकारी तृतीय र सन्ध्या भट्टराई सान्त्वना भएका थिए । यसैगरी कविता वाचनतर्फ गरिमा न्यौपाने प्रथम, कमला धिमिरे द्वितीय र ईशान केरुङ तृतीय भएका थिए ।

Nepal Telecom ad

झापा। ०८० असार २९ । साहित्य कला सङ्गम दमक र थप दुई सामाजिक संस्थाहरू ज्येष्ठनागरिक सम्मान प्रतिष्ठान नेपाल तथा भट्टराई कुल वंश प्रतिष्ठान छोरी बुहारी सञ्जाल दमक- ५ मिलेर २१० औँ भानु जयन्ती भव्यताका साथ मनाइएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगितात्मक रामायण वाचन र प्रतियोगितात्मक कविता वाचन कार्यक्रम भएका थियो ।

प्रा.डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओली, प्रलेस कोशी प्रदेशका सचिव राजेन्द्र सर्वहारा, भट्टराई कुल वंश प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराई, दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेमनाथ अधिकारी, साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष डोयना दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा रामायण वाचनतर्फ पूणर्माया बस्नेत प्रथम, गोबिन्द न्यौपाने द्वितीय, राधिकादेवी अधिकारी तृतीय र सन्ध्या भट्टराई सान्त्वना भएका थिए । यसैगरी कविता वाचनतर्फ गरिमा न्यौपाने प्रथम, कमला धिमिरे द्वितीय र ईशान केरुङ तृतीय भएका थिए ।

कार्यक्रममा साहित्यकार बाला भट्टराईद्वारा निर्देशित ‘घाँसी भानुभक्त सम्वाद’ नामक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू बिन्दु दहाल मुकदर्शक, हरि पराजुली, गोपाल दहाल, अम्विकाप्रसाद सापकोटा, डिल्ली निरौला, मेघनाथ बन्धु, कमल भट्टराई, रघुनाथ भण्डारी लगायत २५ भन्दा बढीले कविता वाचन गर्नुभएको थियो भने २३ भन्दा बढीले रामायण वाचन गरेका थिए ।

पूर्व शिक्षक तथा समाजसेवी कमलप्रसाद दाहालज्यूको परिवारले स्थापना गरेको भानुभक्तको शालिक परिसरमा वर्षेनी हुने कार्यक्रममा हुने सबैखाले प्रतियोगिताहरूमा लाग्ने पुरस्कारको व्यवस्थापन उहाँकै परिवारले गर्नेहुँदा यसपटकको पुरस्कार पनि दाहाल परिवारले नै गरेको थियो ।

ज्येष्ठ नागरिक प्रतिष्ठानले अध्यक्षता गर्ने र साहित्यकला सङ्गमले सञ्चालन गर्ने सम्झौता भए अनुसार सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनाल र सचिव विवश बलिभद्र कोइरालाले सयुक्त रुपमा सञ्चालन गरेका थिए ।

कार्यक्रममा भएका प्रतियोगिताहरूको मूल्याङ्न सङ्गमका उपाध्यक्ष साहित्यकार यादवप्रसाद अधिकारी झाँक्रीखोलेको संयोजकत्वमा पदमप्रसाद रेग्मी र ज्योति भट्टराईले गरेका थिए । कार्यक्रममा साहित्यकारका अतिरिक्त ज्येष्ठ बुबाआमाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

०००
– दमकबाट विष्णु न्यौपाने

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x