सुलसुलेभानुजयन्तीको अवसरमा तीनजना स्रष्टा सम्मानित
सम्मानित हुने साहित्यकारहरूमा चितवनका चिरञ्जीवी दाहाल र लक्ष्मण अर्याल तथा नवलपरासी सुस्ता पूर्वकी कृष्णादेवी शर्मा रहेकी छन् । सोही कार्यक्रममा दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।

चितवन, ०८० असार २९ । वाल्मीकि साहित्य सदन रत्ननगर चितवनले २१० औं भानुजयन्तीको अवसरमा विशेष समारोहका विच लामो समयदेखि साहित्य क्षेत्रमा समर्पित तीन जना कवि एवं साहित्यकारलाई “वाल्मीकि साहित्य सम्मान २०८०“ द्वारा सम्मानित गरेको छ ।
सम्मानित हुने साहित्यकारहरूमा चितवनका चिरञ्जीवी दाहाल र लक्ष्मण अर्याल तथा नवलपरासी सुस्ता पूर्वकी कृष्णादेवी शर्मा रहेकी छन् । सोही कार्यक्रममा दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार केशवराज आमोदीले सम्मानित तीनै जना साहित्यकारहरूले साहित्यिक क्षेत्रमा गरेको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा कविता वाचन गर्नेहरूमा गणेश शर्मा पौडेल, प्रा.कपिल अज्ञात, धनराज गिरी, मुकुन्दराज पौडेल, श्यामजी अतिथि, सूर्य शर्मा, यमुना न्यौपाने, कमल अर्याल, लिला अधिकारी दाहाल, अशोक भुषाल, हरिप्रसाद गजुरेल, रामकृष्ण ढकाल, विष्णु पौडेल लगायत रहेका थिए ।
रत्ननगर वाङ्मय परिषद् र वाल्मीकि साहित्य सदन रत्ननगरले संयुक्त रूपमा सञ्चालन गरेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रुपमा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, चितवन साहित्य परिषद्का केदारनाथ खनाल, भरतपुर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानका मोदनाथ मरहट्ठा विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
विश्वनाथ खनाल र राजेन्द्र मल्लले सञ्चालन गरेको सो कार्यक्रममा धनराज गिरीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रम वाल्मीकि साहित्य सदन रत्ननगरका अध्यक्ष रामबाबु घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
सम्मानित स्रष्टामध्ये चिरञ्जीवी दाहाल फित्कौली डटकमसँग सम्बद्ध भएर नियमित ढङ्गले हास्यव्यङ्ग्य सिर्जना लेख्दै आउनु भएको छ । दाहाललगायत सम्मानित सबै स्रष्टालाई फित्कौलीको हार्दिक बधाई ।
०००
Subscribe
Login
0 Comments
Oldest











































