साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याङ्जामा भानु जयन्ती, छन्दोबद्ध कविता वाचन प्रतियोगिता

प्रतियोगितामा सदीक्षा रानाभाट प्रथम, वसन्ती अधिकारी द्वितीय, समीक्षा रानाले तृतीय तथा  विनीता पाठक र दीपक तिवारीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

Nepal Telecom ad

भेषजराज साहित्य प्रतिष्ठान र वालिङ बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा २१० औँ भानुजयन्तीका अवसरमा वालिङ बहुमुखी क्याम्पसको सभाहलमा काव्यविमर्श, नियिमत रचनावाचनकाे ६२ औँ शृङ्खलाका साथमा खुला छन्दाेबद्ध कविता वाचन प्रतियाेगिता सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विन्दुवासिनी संस्कृत विद्यापीठ, कास्की पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले भानुभक्त विशिष्ट कवि हुन् । उनको साहित्यिक रचनामा त्यसवेलाको समाज संस्कृति सल्वलाएको छ । उनको योगदान नेपाली भाषा साहित्यमा अतुलनीय छ । उनीबाट हामीले गर्नुपर्ने र सिक्नु पर्ने पक्षहरू धेरै छन् । यस्तै स्रष्टा भेषजराज शर्माको साहित्यिक व्यक्तित्व पनि व्यापक रहेको छ भन्दै भेषजराज साहित्य प्रतिष्ठान र वालिङ बहुमुखी क्याम्पसले गरेको यो काम महत्त्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले छन्दको क्षेत्र व्यापक रहेको, हाम्रा हरेक क्रियाकलापमा, प्रकृति र स्वयम् मानव शरीरमा पनि छन्दमयता रहने कुरा व्यक्त गर्नुभयो ।

३४ जना प्रतियोगीहरूको वाचनकलाको मूल्याङ्कन जगत्रदेवी साहित्य प्रतिष्ठानका अध्यक्ष कवि नारायणप्रसाद ज्ञवाली, पाइनिअज हाइयर एजुकेसन विद्यालयका नेपाली विषय विभाग प्रमुख छन्दकवि बोधराज न्यौपाने र वालिङ बहुमुखी क्याम्पसका नेपाली विषयका प्राध्यापक विनोद खनालले गर्नुभएको थियो ।

प्रतियोगितामा फिस्टेल एकेडेमी पोखराकी सदीक्षा रानाभाट प्रथम, वालिङ बहुमुखी क्याम्पसकी वसन्ती अधिकारी द्वितीय, भीरकोट नगरपालिकाकी समीक्षा रानाले तृतीय तथा पाल्पा रामपुरकी विनीता पाठक र गल्याङ-२ का भाइ दीपक तिवारीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा विद्वान् समाजसेवी केदारशरण विकल, वालिङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइराला, क्याम्पस प्रमुख युवराज पाठक, सहायक क्याम्पस प्रमुख जगन्नाथ पंगेनी, कवि ध्रुवप्रसाद पंगेनी, रणवीर जनहित नमुना मा.वि. का प्रधानाध्यापक लक्ष्मी रेग्मी, जगत्रदेवी सहित्य प्रतिष्ठानका संरक्षक सूर्यप्रसाद डुम्रे, श्रवण कुमार प्रतिष्ठान नेपालका अध्यक्ष सीताराम अधिकारी,भेषजराज साहित्य प्रतिष्ठानका सल्लाहाकार डा.अच्युतशरण अर्याल,नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्याल, सदस्यहरू नारायणप्रसाद रेग्मी लेखनाथ काफ्ले, कवि कमल बगालेपिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीका शिक्षक एवम् साहित्यकार देशबन्धू आचार्य, अर्मादी आवासीय मा.वि. का शिक्षक सुरेश पंगेनी लगायत विभिन्न संस्थामा आबद्ध व्यक्तित्वहरू, विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरू तथा साहित्यिक मनहरूको बाक्लो उपस्थिति रहेको थियो ।

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता र सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख युवराज पाठकले राख्नुभएको थियो । साथै यस कार्यक्रममा शहिद हरिप्रसाद आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम रानाभाट र तनहुँका कवि प्रेमनारायण ढकाल, ‘ज्वलन्तप्रेमी’ र वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा १०० भन्दा धेरै व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम सम्पन्न गर्न शैक्षिक र पोशाक बगैँचा प्रालिले प्रथम पुरस्कार र खादा, पूणर्मृत भवानी माविले द्वितीय, पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमी वालिङ- ९, भुम्रेले तृतीय र सिद्धार्थ टेन्टल क्लिनिक वालिङले सान्त्वना पुरस्कारको प्रायोजन गरेका थिए भने सगरमाथा इन्स्टिचुट एवम् प्रिन्टिङ प्रसले व्यानर सौजन्य गरेको थियो ।

०००
– स्याङ्जाबाट श्यामप्रसाद ढुङ्गाना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x