साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुञ्जनको रजतजयन्तीमा स्रष्टा सम्मानित तथा पुरस्कृत

प्रमुख अतिथि नाटककार तथा अनुवादक समालोचक प्रा.डा अभि सुवेदीले कार्यक्रमको उद्घाटन गर्नु भयो । प्रा.डा. सुवेदी र विशेष अतिथि रमा शर्माले गुञ्जनको रजत महोत्सवका अवसरमा संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन ५ । गुञ्जन नारी साहित्यिक संस्थाले रजतजयन्तीको अवसरमा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम काठमाडौंको हार्दिक होटेलमा सम्पन्न गरेको छ ।

प्रमुख अतिथि नाटककार तथा अनुवादक समालोचक प्रा.डा अभि सुवेदीले कार्यक्रमको उद्घाटन गर्नु भयो । प्रा.डा. सुवेदी र विशेष अतिथि रमा शर्माले गुञ्जनको रजत महोत्सवका अवसरमा संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो ।

‘गुन्जन प्रतिभा पुरस्कार’ चर्चित कवि एवम् नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीलाई, ‘गुन्जन त्रिवेणी आख्यान पुरस्कार’ वरिष्ठ कथाकार एवम् कवि र गुञ्जनकै संस्थापक पूर्व उपाध्यक्ष भुवन ढुंगानालाई, ‘गुन्जन मातृभाषा सम्मान’ राधिका लिम्बूलाई, ‘गुन्जन साहित्य पुरस्कार’ वरिष्ठ कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठलाई, ‘गुन्जन जेष्ठ नागरिक सम्मान’ कथाकार रेवती राजभण्डारीलाई र ‘गुन्जन रजत जयन्ती सम्मान’ कवि लक्ष्मी राजभण्डारीलाई समर्पण गरिएको थियो ।

त्यस्तै पाल्पा साहित्य समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राजेन्द्रगोपाल सिंह तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर रेग्मी ‘अथक’लाई गुञ्जन विशेष सम्मान प्रदान गरियो । सम्पूणर्लाई दोसल्ला, ताम्रपत्र र नगद सहित भव्य सम्मान गरिएको थियो ।

पुरस्कृत र सम्मानित सबैका बारेमा समालोचक डा.रजनी ढकालले एकदमै सटीक रुपमा परिचय प्रस्तुत गर्नुभएको थियो । गुन्जन त्रिवेणी आख्यान पुरस्कारका बारेमा साहित्यकार भागिरथी श्रेष्ठले बोल्नु भएको थियो ।

संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गुञ्जनका संस्थापक सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । साथै गुञ्जनका नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साहित्यकार सन्ध्या पहाडीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

०००
– रेणुका भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x